दाङ्गसिङ्ग बाकोट-मेश्रोम मन्दिरको उद्घाटन सम्पन्न

दाङ्गसिङ्ग बाकोट-मेश्रोम मन्दिरको उद्घाटन सम्पन्न

  • , 12.9K जनाले हेर्नुभयो
  • 12.9K
    SHARES

  • दाङ्गसिङ्ग बाकोट-मेश्रोम मन्दिरको उद्घाटन सम्पन्न

    निर्मल रामदाम
    वैशाख ४,पोखरा ।दाङ्गसिङ्ग पोखरा गुरुङ्ग सम्र्पक मन्चको नेतृत्वमा पुनःनिर्माण गरिएको बाकोट मेश्रोम मन्दिरको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
    अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुवँरको प्रमुख आतित्थ्यितामा पुन निर्माण गरिएको मन्दिरको उद्घाटन विशेष समारोहका बिच सम्पन्न भएको हो ।

    “विकास नै हाम्रो चाहाना हो” भन्दै कुवँरले भने “गाउँदेखि मन्दिर सम्म जाने पैदल बाटो निर्माणका लागि आगामि आ.व.मा बजेट छुट्याउने छु ।ु”
    दाङ्गसिङ्ग पोखरा गुरुङ्ग सम्र्पक मन्चको रहोबरमा पाँच सदस्यि बाकोट मेश्रोम मन्दिर पुनःनिर्माण कार्य समिति गठन गरि पुन निर्माणको कार्यलाई अगाडि बढाईएको कार्य समितिका सदस्य भरत गुरुङ्गले जानकारी दिए ।
    साविकको दाङ्गसिङ्ग गाविस वडा नं ३,हाल अन्नपूर्ण गााउँपालिका वडा नं ८का रहेको बाकोट(मेश्रोम जीर्ण अवस्थाको दाङ्गसिङ्ग पोखरा गुरुङ्ग सम्र्पक मन्चको नेतृत्वमा करिब ५ लाखको लागतमा पुननिर्माण गरिएको पुन निर्माण समितिका सदस्य तथा दाङ्गसिङ्ग पोखरा गुरुङ्ग सम्र्पक मन्चका अध्यक्ष क्याप्टेन काजिमान गुरुङ्गले जानकारी दिए ।
    दाङ्गसिङ्ग गाउँबाट करिब आधा घण्टाको पैदल यात्रा पछि पुग्न सकिने उक्त मन्दिरबाट मनमोहक दृश्यहरु देख्न सकिन्छ । विरेठाटी खिऊ दाङ्गसिङ्ग बाकोट मेश्रोम मन्दिर थाम डाडा हिड्नलेक हुदै टाडापानी सम्म पर्यटन पद मार्गको विकास गर्ने प्रक्रिया समेत अगाडि बढेको वडाध्यक्ष गुरुङले जानकारी दिए ।
    कार्यक्रममा मन्दिर पुननिर्माणमा सहयोग गर्ने सम्पूर्णलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
    कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुवँर,,वडा नं ८का वडाध्यक्ष विजय गरुङ,अन्नपूर्ण संरक्षण क्षेत्र घान्द्रुकका ईकाइका प्रमुख विदुर कुईकेल,उमा माध्यमिक विद्यालयका प्र.अ.बुद्धि बहादुर गुरुङ, दाङसिङ युवा क्लबका सम्पूर्ण पदाधिकारीहरु, तथा गाउँ जनताको बाक्लो उपस्थिति रहेको थियो ।
    दाङ्गसिङ्ग पोखरा गुरुङ्ग सम्र्पक मन्चका अध्यक्ष क्याप्टेन काजिमान गुरुङ्गको अध्यक्षता भएको कार्यक्रमको सम्पूर्ण व्यवस्थापन दाङसिङ युवा क्लबले र कार्यक्रमको सन्चालन मन्चका सचिव भरत गुरुङ्गले गरेका थिए ।

    सम्बन्धित खवर