यी हुन् आफ्नु तलब भत्ता बाट नै समाजसेवा गर्ने कांग्रेस वडा सदस्य

यी हुन् आफ्नु तलब भत्ता बाट नै समाजसेवा गर्ने कांग्रेस वडा सदस्य

  • , 11K जनाले हेर्नुभयो
  • 11K
    SHARES

  • यी हुन् आफ्नु तलब भत्ता बाट नै समाजसेवा गर्ने कांग्रेस वडा सदस्य

    बागलुङ – बागलुङको जैमिनी नगरपालिका-७ जैदीका कांग्रेस बाट निर्बाचित वडा सदस्य केन्द्र रसाईली समाज सेवामा ब्यस्त रहेका छन् । उनले राज्यबाट पाएको तलव सुविधाबाट विपन्न गाउँका जनतालाई स्टेचर वितरण गरेका छन् । रसाईलीले आफ्नो तलवभत्ताबाट टोल-टोलमा २० ओटा स्टेचर वितरण गरेका हुन् । जनप्रतिनिधि भएपछि रसाईलीले सरकारबाट खाइपाई पाएको तलवभत्ता सामाजिक क्षेत्रमा समाजसेवा गर्दै आएका छन् ।

     

    बिरामीलाई बोकेर तुरुन्त स्वास्थ्य संस्थासम्म पुर्याउन सहज होस् भनेर उनले आफ्नो १ लाख २० हजार बराबरको आफ्नो तलव भत्ताको रकम स्टेचर वितरण गर्नमा लगानी हुन् । ‘स्टेचर वितरण गर्दै रसाईलीले राजनीति पेशा नभई सेवा भएकाले आफू जनप्रतिनिधि रहँदासम्म राज्यबाट प्राप्त भएको तलवभत्ता गरिब र बिपन्न नागरिकको सेवा खर्च गर्ने जानकारी दिएका छन् ।’

     

    प्रमुख प्रतिपक्षि दल नेपाली काङ्ग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यको उपस्थितिमा रसाईलीले स्टेचर वितरण गरेका थिए । यसअघि पनि रसाईलीले जैमिनी नगरपालिका-७ स्थित जनता बाल साक्षरता प्राविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री, झोला वितरण गरेका थिए ।

     

    संस्कृत मावि बेलवगरमा अध्ययनरत विद्यार्थीका लागि विज्ञानका प्रयोगात्मक सामग्रीहरुसमेत वितरण गरिसकेका छन् । अहिलेसम्म सरकारी तलव र आफ्नै खर्चबाट झन्डै साढे २ लाख रुपैयाँभन्दा बढीका विभिन्न सामग्री सहयोग गरिसकेका छन्

    ‘कुनै दिन मैले भनेको थिएँ राज्यबाट पाएको सेवा सुबिधा म एक पैसा पनि प्रयोग गर्ने छैन, सोही अनुसार मैले गरेको प्रतिबद्धता पूरा गरेको हुँ । आफूले नागरिकका लागि स्टेचर हस्तान्तरण गर्न पाउँदा अझ हर्षित भएको छु । उनले भने, ‘यस अभियानमा साथ दिनुहुने सम्पूर्ण जैमिनी नगरपालिका ७ जैदी र अन्य वडाका नागरिकहरु, शिक्षक, पत्रकार, सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयका साथिहरु लगायत सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग गर्न अग्रह गर्दछु ।’

    सम्बन्धित खवर