क्रस कन्ट्री दौड २०७५

क्रस कन्ट्री दौड २०७५

  • , 13K जनाले हेर्नुभयो
  • 13K
    SHARES

  • क्रस कन्ट्री दौड २०७५

    हुम बहादुर गुरुङ्ग (चाक्ली तमु)

    पौष ३०, पोखरा

    स्याङ्गजाको पुतलिबजार नगरपालिका वडा नं –९, कोल्मामा “स्वास्थ्यको लागी दौड, राष्ट्रको लागी दौड” भन्ने मुल नाराका साथ राष्ट्रिय स्तरको क्रस कन्ट्री दौड २०७५ माघ ६ गते हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चद्धारा आयो उक्त प्रतियोगिता पर्यटन बोर्ड कार्यालय, पोखरामा जित बहादुर गुरुङ्गको अध्यक्षता, प्रमुख अतिथि गण्डकी प्रद्श मानयि मन्त्रि विकास लम्साल उद्योग, पर्यटन बन तथा बातावरण मन्त्रालय, विशेष सहभागि माननिय दिपक चर्ती मगर, माननिय मिन प्रसाद गुरुङ्ग, माननिय आशा कोइराला तथा स्थानिय तह प्रमुख र वडा अध्यक्षहरु सँग अन्तरक्रिया कार्यक्रम गरी जानकारी गराउनुभएको थियो ।
    चार थुम ः कोल्मा बहाकोट राङभाङ्ग राईपुर ओरष्टे, मनकामना, पेल्काचौर, चित्रेभङ्गज्याङ्ग, गिरेकोट, किचनास, खैरेकोट, चिसापानी
    सात साय कोल्मा ः ओरष्टे, कोल्मा, सालडाडा राईपुर बाहाकोट, सात साय घरधुरीको मौलाकोट, सामाजिक शैक्षिक खेलकुद केन्द्र कोल्मा । आदि ठाउँमा उक्त प्रतियोगिताको उद्देशय राष्ट्रिय स्तरको खेलकदु सञ्चालन गर्ने, स्थानिय खेलाडी उत्पादन गर्ने, तथा पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउन रहेको छ । ग्रामीण क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरका खेलकुद गर्न सकिन्छ भन्ने विस्वास सृजना गरी खेलकुदको माध्यमबाट ग्रामिण क्षेत्रको आर्थिक, सामाजीक विकास गर्ने रहेको छ । २०७५ माघ २६ गते शनिबार पु.ब.न.पा–९, कोल्माको बराहचौर, विहान ८ बजे सुरु हुने जानकारी गराउनुभएको छ ।
    उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख सहभागिहरु द्धारा प्रतियोगिता सम्पन्न गर्नका लागि सक्दो सहयोग गर्ने बचन बद्धता जाहेर गर्नुभएको थियो । आयोक सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च तथा सहआयोजक गाउँपालिका, नगरपालिका, वडा कार्यालयहरु, जिल्ला खेलकुद समिति, पर्यटन बोर्ड कार्यालय, राष्ट्रिय खेलकुद परिषद रहन बताएको छ ।
    प्रतियोगितामा रुट नं १ खुल्ला ३१ कि.मी तथा रुट नं २ १४ कि.मी २१ वर्ष मुनिको रहने छ । प्रतियोगि विजेताले क्रमश ५० हजार, ४० हजार, ३०, हजार ट्रफि, मेडल, प्रमाण–पत्र, त्यस्तै रुट नं २ मा २० हजार, १५ हजार, १० हजार प्राप्त गर्न सकिने प्रतियोगितामा सहयागि टिमहरुलाई होम स्टेको व्यवस्था रहेको जानकारी कार्यक्रम संचालक तथा उक्त संस्थाका महा सचिव मन बहादुर थापाले गराउनुभएको थियो ।

    सम्बन्धित खवर