श्री जामुने डाँडा मा.वि.मा महायज्ञ

श्री जामुने डाँडा मा.वि.मा महायज्ञ

  • , 14.2K जनाले हेर्नुभयो
  • 14.2K
    SHARES

  • श्री जामुने डाँडा मा.वि.मा महायज्ञ


    हुम बहादुर गुरुङ्ग (चाक्ली तमु)
    पोखरा
    स्याङ्गजाको विरुवा गाउँपालिका वडा नं २ जामुने डाँडामा अवस्थित श्री जामुनेडाँडा माध्यमिक विद्यालयमा श्रीमाद भागवत ज्ञान महायज्ञ २०७५ आयोजना हुने भएको भएको छ । युग सापेक्ष प्राविधिक शिक्षा (बागवाणी विज्ञान) तथा मातृभाषा संरक्षण संबद्र्धनका लागि यहि २०७५ माघ ३ गते देखि ११ गते सम्म सञ्चालन हुने ज्ञान महायज्ञबारे पोखराको न्युरोड स्थित डालिमा होटलमा पत्रकार सम्मेलन गरि जानकारी गराउनुभएको छ ।
    मघ ३ गते विहान १० बजे देखी बाजागाजा सहित कलशयात्रबाट महायज्ञ शुभारम्भ हनेछ भने मघ ४ गते देखि ११ गते सम्म विभिन्न कथा बाचन तथा प्रबचहरु रहने र माघ ११ गते समापन समारोह हुने जानकारी गराउनुभएको छ ।
    सम्मेलनमा बोल्दै विद्यालयका प्रधानध्यापन श्री रामचन्द्र शर्मज्युले कुनै पनि ज्ञान शिप हाशिल गरे भोलिका दिनमा आत्मनिर्भर रहन सक्ने खालको प्राविधिक शिक्षा हुनुपर्ने बताउनुभयो । त्यसैलाई मध्यनजर गरि कृषि प्रविधिको प्रचुर सम्भावना रहेको तथा कृषि प्राविधिक उच्च शिक्षाको लागि पनि लामो दुरि धाउनु नपर्ने भएकोले योजना अपनाएको बताउनुभयो । आदिबासि जनजातिको बाहुल्य रहेको क्षेत्रमा आफ्नै मतृभाषामा शिक्षा दिई मातृभाषाको सम्मान तथा संरक्षाण र छिटो बुझ्न सक्ने हुनाले विभिन्न तबरबाट योजना अपनायको बतानुभएको थियो ।

    व्यवस्थापन समितिका अध्यक्ष तथा यज्ञ संयोजक श्री तिल बहादुर गुरुङ्ग तथा विभिन्न मुल समारोह समितिका पदाधिकारीहरुले प्रविधिक शिक्षा तथा मतृभाषा शिक्षाको आवश्यक तथा प्राविधिक शिक्षाले क्षेत्रमा रहेको कृषि भुमिलाई महत्वपूर्ण भुमिका खेल्ने औल्याएका थिए । सुन्तला तथा अन्य कृषि व्यवसायलाई पनि प्रविधिक रुपमा शिक्षा दिई कृषि पेशाबाट आत्मनिर्भर रहन सक्ने बताउनुभयो ।

    कथा शिरोमणी पण्डित श्री दिपक प्रसाद पौडेलको मुखराविन्दबाट संगितमय कथा प्रबचन रहने महायज्ञामा प्रत्येक दिन विशेष कथा तथा प्रसंगहरु रहने छ । उक्त यज्ञमा तुलादानको व्यवस्था तथा १०००१ रुपैया दान गरेर कर्ता बन्ने प्रावधान पनिरहेको जानकारी गराउनुभएको छ ।
    उक्त यज्ञमा कम्तिमा पनि दुई करोड दान संकलन हुने अपेक्षा रहेको छ । यज्ञमा दान गर्नुहुने दानविरहरुका लागि विशेष सम्मानको प्रावधानहरु रहेको जानाकारी गराउनुभएको थियो

    सम्बन्धित खवर