युग सापेक्ष प्राविधिक शिक्षा तथा मातृभाषा संरक्षणका लागि महायज्ञ

युग सापेक्ष प्राविधिक शिक्षा तथा मातृभाषा संरक्षणका लागि महायज्ञ

  • , 12.8K जनाले हेर्नुभयो
  • 12.8K
    SHARES

  • युग सापेक्ष प्राविधिक शिक्षा तथा मातृभाषा संरक्षणका लागि महायज्ञ

    हुम बहादुर गुरुङ्ग (चाक्ली तमु)
    पोखरा,

    स्याङ्गजाको विरुवा गाउँपालिका वडा नं २ जामुने डाँडामा अवस्थित श्री जामुनेडाँडा माध्यमिक विद्यालयमा युग सापेक्ष प्राविधिक शिक्षा (वाली विज्ञान) तथा मातृभाषा संरक्षण संबद्र्धनका लागि यहि २०७५ माघ ३ गते देखि ११ गते सम्म सञ्चालन हुने श्रीमाद भागवत ज्ञान महायज्ञ संचालनका लागि तिव्र रुपमा तयारीहरु भईरहेको छ । महायज्ञका लागि मुल समारोहर समितिका पदाधिकारीहरु सहित विभिन्न ठाउँहरुमा प्रचार प्रसार तथा आर्थिक सहयोग आह्वन कार्यक्रम तिव्र गतिमा भईरहेको छ । यसरी नै विरुवा गाउँपालिका वडा नं २, का गाउँबासी बसोबास गरिरहनुभएका विभिन्न स्थान बुटवल, चितवान हुदै आज पोखराको रंगशालामा अवस्थित मगर संघ हलमा पनि यज्ञका आर्थिक संयोजक श्री गोविन्द थापाज्यूको नेत्रित्वमा पोखरा महानगरपालिका भित्र बसोबास गर्नुहुने समाजसेवी, बुद्धिजिवी शिक्षाप्रेमीहरु संगको भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।
    उक्त कार्यक्रममा माननिय सभासद दिपक चर्ती मगरको प्रमुख आतिथ्यतामा विशेष अतिथि विरुवा गा.पा वडा नं २, का अध्यक्ष श्री बुद्ध बहादुर आले, अतिथिहरु प्रध्यापक तथा विशव हिन्दु महासंघ अध्यक्ष डा. नारयण प्रसाद अधिकरी, विश्व हिन्दु महासंघ जिल्ला कास्की अध्यक्ष शंकर खरेल, यज्ञ संयोजक श्री तिल बहादुर गुरुङ्ग वडा सदस्य श्री हेम बहादु थापा, बुद्धिजिवी किर्त सिं थापा, सुरक्षा संयोजक श्री थमन गुरुङ्ग, यातायात संयोजक श्री रोम बहादुर थापा लगायतका पोखरामा बस्नुहुने सम्पूर्ण महानुभावहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रममा यज्ञलाई आर्थिक, भौतिक, नैतिक, रुपमा सम्पनन गर्नका लागि सम्पूर्णबाट सहयोगको अपेक्ष तथा आह्वन गरिएको छ । पोखरा महानगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण स्थानहरुमा पोखरामै रहनुहुने सम्पूर्णले प्रचारप्रसार गर्नका लागि आह्वान गर्दै, मंगलबार विहान ठिक ८ बजे पोखरा न्युरोडमा अवस्थित डालिमा होटलमा पत्रकार सम्मेलन कार्यक्रम आयोजन गरिएको जानकारी गराउदै विभिनन मिडियामा रहनुहुन सम्पूर्ण पत्रकारहरुज्युहरुलाई उक्त पत्रकार सम्मेलनमा उपस्थित भैदिनुहुन अनुरोध गर्दै कार्यक्रम सम्पन्न गरियो भने कार्यक्रम सञ्चालक प्रचार प्रसार संयोजक श्री सागर थापाले गर्नुभएको थियो ।

    सम्बन्धित खवर