मर्दिबराह, मर्दिबाङ्गमा माघे सक्रान्ती मेला

मर्दिबराह, मर्दिबाङ्गमा माघे सक्रान्ती मेला

  • , 21.2K जनाले हेर्नुभयो
  • 21.2K
    SHARES

  • मर्दिबराह, मर्दिबाङ्गमा माघे सक्रान्ती मेला

    हुम बहादुर चाक्ली तमु,

    पोखरा

    “युवा राष्ट्र निर्माणका बलिया खम्बा हुन्, एक जुट भै अगाडी बढौ” भन्ने मुल नाराका साथ श्री न्यु जेनेरेशन युवा क्लब माछापुच्छ, गाउँपालिका–९ कुइबाङ्ग कास्कीले विगतका वर्षहरुमा झै यस वर्ष पनि माघेसक्रान्तीको पावन अवसरमा सञ्चालन गर्न लागेको माघे सक्रान्ती मेला २०७५ खेलकुद एवं विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । पौष ३० गते माघ ३ गते सम्म माछापुच्छ, गाउँपालिका–९, मर्दिबराह, मर्दिबाङ्गमा सञ्चालन हुदैछ ।

    मेलामा खुल्ला अन्तर गाउँ स्तरीय पुरुष भलिवल प्रतियोगिता, अन्तर क्लब स्तरीय महिला भलिवल प्रतियोगिता, प्रौढ (३२ वर्ष उमेर माथी) पुरुष भलिबल प्रतियोगिता, (छेलो) प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, मकै गन्ने प्रतियोगिता आदि रहने छ । प्रतियोगितामा भलिबल तर्फ भाग लिनका लागी २९ गते साझ सम्म टिम दर्ता गराउन सकिने छ भने साझ नै टाइसिट पनि विभिन्न माध्यमबाट प्रकासन गराउने उल्लेख गराएको छ । उक्त प्रतियोगितामा पुरुष भलिबल प्रतियोगी विजेताले रु ५०००० र उपविजेताले ३०००० प्राप्त गर्नेछ भने, महिला तर्फ भलिबल प्रतियोगी विजेताले १५००० हजार र उपविजेटाले रु १०००० सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने अन्य प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिने जानकारी गराउनुभएको छ ।

    चार दिन सम्म चल्ने उक्त मेलाको तयारीहरु भईरहेको कुरा मेलाका संयोजक सन्तोष गुरुङ्गले जानकारी गराउनुभएको छ ।

    सम्बन्धित खवर