गबु गाउँको चिनारी म्युजिक भिडियो “स्वर्गकै छायाँ” सार्वजनिक

गबु गाउँको चिनारी म्युजिक भिडियो “स्वर्गकै छायाँ” सार्वजनिक

  • , 8K जनाले हेर्नुभयो
  • 8K
    SHARES

  • गबु गाउँको चिनारी म्युजिक भिडियो “स्वर्गकै छायाँ” सार्वजनिक

    स्याङ्गजा
    स्याङ्गजाको विरुवा गाउँ गाउँपालिका वडा नं २ गाबु डाँडाँमा तमु फो ल्होसार तथा श्री कमल चक्र युवा क्लबको २४ आंै बार्षिकोत्सकमा औपचारी कार्यक्रम गरि गाबु झागडी गाउँको चिनारी म्युजिक भिडियो “स्वर्गकै छायाँ” सार्वजकि गरिएको छ । कार्यक्रममा तमुहरुको महाँन चार्ड ल्होसार खि (कुकुर) ल्हो जेष्ठ नागरिक श्री लक्ष्मण गुरुङ्ग लाई जष्ठ नागरिक श्री मकान सिं गुरुङ्ग ज्युबाट टिका लगई लामा गुरु द्धारा रुप लगाई प्रमुख अतिथि द्धारा गलबन्दि लगाई विदाई गरिएको थियो भने आउने वर्ग फो (मृग) ल्हो जेष्ठ नागरिक श्री खिम बहादुर गुरुङ्ग जुलाई पनि टिका रुपा र गल्बन्दि लगाई स्वागत गरिएको थियो । कार्यक्रममा म्युजिक भिडियोमा निर्माण गर्न भुमिका निर्बाह गर्नुहुने भिडियोग्राफर, मोडेल, सह मोडेल कोरस नृत्य तथा सुमधुर आवज दिनुहुने सम्पूर्ण प्रशंम्सा–पत्र द्धारा सम्मान गरिएको थियो । कार्यक्रममा शब्द संकल विष्णु गुरुङ्ग (प्रसान्त) ज्युलाई सम्पूण गाउँबासी द्धारा दोसल्ला ओडायर विशेष सम्मा गरिएको थियो ।

    भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोला

     

     

    कार्यक्रममा तमु समाज गाबु डाँडाले उपस्थित सम्पूर्ण अतिथि, चेलिबेटी पाहुनाहरुलाई स्यो कै कार्यक्रम गरि व्यवस्थापन मिलाउनुभएको थियो ।
    कार्यक्रममा तमु समाजको अध्यक्ष श्री खड्क बहादुर गुरुङ्गको अध्यक्षतामा प्रमुख अतिथि तमु प्ये ल्हु संघका केन्द्रिय भु.पु सदस्य क्या. श्री तिर बहादुर गुरुङ्ग, विशेष अतिथि तिल बहादुर गुरुङ्ग, विशेष अतिथि टोल संयोजक श्री कर्ण सिं गुरुङ्ग तथा अन्य अतिथि रहनुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य हुम बहादुर गुरुङ्ग र कार्यक्रम संचालन संयोजक श्री थमन गुरुङ्गले गर्नभएको थियो ।

    सम्बन्धित खवर