तमु फो ल्होसार उप समितिहरुको बैठक सम्पन्न

तमु फो ल्होसार उप समितिहरुको बैठक सम्पन्न

  • , 10.9K जनाले हेर्नुभयो
  • 10.9K
    SHARES

  • तमु फो ल्होसार उप समितिहरुको बैठक सम्पन्न

    लोकेन पह्च्यु,मंसिर ३, पोखरा ,
    तमु प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा पोखरामा मनाउन गइरहेको बृहत तमु फो ल्होसार २०७५ को उपसमिति संयोजकहरुको बैठक सोमबार सम्पन्न भएको छ ।
    मुल समितिका संयोजक हितकाजी टु तमुको अध्यक्षतामा सम्पन्न बैठकमा वोन फायर संयोजक क्या. इन्द्रबहादुर चह्म्रु तमु,स्वास्थ्य संयोजक आइबहादुर ल्हेगे तमु,छ्या ल्हु ता प्रकाशन संयोजक पमबहादुर क्रोम्जे तमु,प्रचारप्रसार संयोजक बुद्धि चह्म्रु तमु,अर्थ संयोजक ( स्वदेश ) कन्चन ल्हेगे तमु,झाकी तथा र्‍याली संयोजक ओमबहादुर थिम्जे तमु,मायाको चिनो तथा प्रमाणपत्र संयोजक हर्क योज तमु,सरसफाइ संयोजक भिमबहादुर क्रोम्जे तमु,पुजा संयोजक लोकबहादुर टु क्ल्हेप्री तमु,साउड सिस्टम संयोजक बेनबहादुर चह्म्रु तमु,टेण्ट तथा स्टल संयोजक महेन्द्र टु तमु,यातायात संयोजक शेखर ल्हेगे तमु,आवास तथा भोजन संयोजक उमबहादुर पह्च्यु तमु,सुरक्षा तथा पार्किङ संयोजक निम पह्च्यु तमु,स्वयंसेवक संयोजक सुकबहादुर सरब्ज तमु,मञ्च सजावट संयोजक अनिता योज तमु लगायतले आ आफ्नो बिभागको प्रगति प्रतिबेदन पेश गरेका थिए ।
    प्रचारप्रसार समितिका अनुसार पर्चा पम्प्लेट प्रकाशन,समाचार प्रकाशन- प्रशारणमा जारी ,प्रेस मिटको जानकारी गराएका थिए भने अर्थ समितिले प्रस्ताव पत्र तयार गरि अर्थ संकलन समेत सुरुवात गरेको जनाएको छ । अर्थ संयोजक कन्चन ल्हेगे तमुका अनुसार मंसिर ८ गते शनिबार बिहान पच्यु खेगिहरुद्वारा केन्द्रिय कार्यलयमा अवस्थित फ- लि- ना क्होइबो परिसरमा छ्योप त्हे गरि बिधिवत रूपमा अर्थ संकलनको शुभारम्भ गर्न गइरहेको बताउनु भयो ।

    सम्बन्धित खवर