प्रधानमन्त्रीलाई भेट्न शिक्षण अस्पताल पुगे देउवा

प्रधानमन्त्रीलाई भेट्न शिक्षण अस्पताल पुगे देउवा

  • , 5.4K जनाले हेर्नुभयो
  • 5.4K
    SHARES

  • प्रधानमन्त्रीलाई भेट्न शिक्षण अस्पताल पुगे देउवा

    प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    नेकपाका अध्यक्षसमेत रहेका ओलीलाई भेट्न कांग्रेस सभापति देउवा सोमबार साँझ अस्पताल पुगेका थिए । आफूले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेको उनले पत्रकारहरुलाई बताए ।

    ओलीलाई सोमबार विहान साढे ४ बजे अस्पताल भर्ना गरिएको थियो । उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित पाइएको छ ।

    यद्यपि रिपोर्टहरुमा सुधार देखिएको र स्वास्थ्य स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

    सम्बन्धित खवर