नेपाल समूह उपविजेता, सेमिफाइनलमा पाकिस्तानसँग खेल्ने

नेपाल समूह उपविजेता, सेमिफाइनलमा पाकिस्तानसँग खेल्ने

  • , 4.9K जनाले हेर्नुभयो
  • 4.9K
    SHARES

  • नेपाल समूह उपविजेता, सेमिफाइनलमा पाकिस्तानसँग खेल्ने

    काठमाडौंमा जारी साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले पाकिस्तानसँग प्रतिष्पर्धा गर्ने भएकाे छ। समूह चरण अन्तर्गतको अन्तिम खेलमा बंगलादेशसँग २–१ गोलले पराजित भएपछि समूहको उपविजेता हुँदै नेपालले पाकिस्तान प्रतिद्वन्द्वि पाएको हो।

    सोमबार सातदोबाटो स्थित एन्फाको खेलमैदानमा भएको प्रतिष्पर्धाको पहिलो हाफ एक एक को बराबरीमा सकिएपनि दोस्राे हाफ सुरु भएको पहिलो मिनेटमै नेपाली टोलीको कमजोर डिफेन्सको फाइदा उठाउँदै बंगलादेशले गोल गर्न सफल भयो। पहिलो हाफको दोस्रो मिनेटमै बंगलादेशले अग्रता बनाएपनि ३६ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको थियो। नेपालका राकेश विश्वकर्मालाई बंगलादेशका गोलरक्षकले पेनाल्टी एरियामा लडाएपछि नेपालले पेनाल्टीको अवसर प्राप्त गरेको थियो। प्राप्त अवसरमा नेपालका जान लिम्बुले गोल गरे। पहिलो हाफको अन्त्यतिर बंगलादेशका खेलाडीले रातो कार्डपाएपछि बंगलादेशकाे टाेली १० खेलाडीमा सिमित भएको थियो। नेपालले सेमिफाइनलमा पाकिस्तानसँग विहिबार खेल्नेछ। यस्तै दोस्रो सेमिफाइनल भारत र बंगलादेशबीच हुनेछ।

    सम्बन्धित खवर