नेपालमै पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने

नेपालमै पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने

  • , 5.4K जनाले हेर्नुभयो
  • 5.4K
    SHARES

  • नेपालमै पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने

    कार्तिक १2, २०७५

    आगामी बिहीबारदेखि स्याङजामा पाराग्लाइडिङ विश्वकप हुने भएको छ । नेपाल पाराग्लाइडिङ तथा ह्रयान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लबको संयुक्त आयोजनामा स्याङजामा नेपालमै पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको हो । हालै इन्डोनेसियामा सम्पन्न १८ औं एसियन गेममा प्याराग्लाइडिङबाट नेपालले एक मात्र रजत पदक जितेको थियो । प्रथम नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप आयोजना गर्न लागिएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनुभयो ।  भीरकोट नगरपालिका–५ स्वरेक महापुर मैदान र वालिङ नगरपालिका–११ डौवाफाँटमा हुने प्रतियोगिता कात्तिक १५ देखि १९ गतेसम्म हुनेछ । मैदानबाट उडेका टोली डौवाफाँटमा आएर झर्ने छन् । पुरुष र महिला एकल र सामूहिक रुपमा खेलको प्रतिस्पर्धा गर्नेछन । पुरुष र महिलाको टीम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपाल सहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र इरानको प्रतिस्पर्धा रहने उपाध्यक्ष श्रेष्ठले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।   ‘हामीले ३० देशका एकसय ५० प्याराग्लाइडरको उपस्थिति हुने अनुमान गरेका छौ’ उहाँले भन्नुभयो, ‘हालसम्म २० देशका ९४ जना खेलाडीले नाम दर्ता गराएका छन् ।’ विश्वकपको लागि प्रमुख जर्ज बेलग्रेडबाट उगा आउने छन भने, जर्जको रुपमा इण्डोनेसियाबाट माकुर एकएडी र मीट डाइरेक्टरको रुपमा सोही देशका टोनी सुसान्टो आउने छन् । एक्युरेसी वल्डकर्पको लागि एउटा विद्यामा विश्वकप उत्कृष्ट खेलाडी सहभागी हुनुपर्नेछ । आयोजकका अनुसार खेल ६ राउण्डको हुनेछ । प्रतिव्यक्ति ६ पटक तोकिएको घेराभित्र खस्नुपर्ने छ भने ६ राउण्डको नम्बर जोडिएपछि उत्कृष्ट प्रथम हुनेछ ।  एकल प्रतिस्पर्धामा प्रथम हुनेले एक हजार युरो, द्धितीयले ७ सय ५० युरो र तृतियले ५ सय युरोसहित स्वर्ण पदक, मेडल सहित प्रमाणपत्र पाउने छन् । यस्तैगरी समूहगत प्रथम हुनेले १५ सय युरो, द्धितीयले १२ सय र तृतियले ७ सय युरोसहित मेडल, प्रमाणपत्र र स्वर्ण पदक पाउने आयोजकले जनाएको छ । प्रथमको लागि स्वर्ण पदक, द्धितीयको लागि रजत र तृतियको लागि कास्यको व्यवस्था गरिएको आयोजकले बतायो ।  खेलाडीको लागि खाने बस्ने व्यवस्था आयोजकले नै गर्ने छ । १५ गते उद्घाटन कार्यक्रम रहेको छ भने १६ देखि १८ गतेसम्म खेलको प्रतिस्पर्धा रहने छ । १८ गते सम्पन्न हुने गेममा १९ गते खेलाडीको बिदाई विविधत रुपमा गरिने कार्यक्रम रहेको आयोजकले बताएको छ । वल्र्ड कपको लागि जिल्लाका एघारवटै स्थानीय तह, सरकारी कार्यालय र विभिन्न संघसंस्थाको समन्वय भूमिका रहने छ । विश्वभरका हवाई खेलाडी आउने यस वल्र्ड कपमा एक करोड ७७ लाख ९० हजार रुपैयाँ आम्दानी हुने लक्ष्य आयोजकले लिएको छ । एक करोड ५७ लाख ७ हजार ८ सय खर्च र करीब २० लाख २२ हजार रुपैयाँ बचत हुने बताइएको छ ।  स्वरेक मैदान पाराग्लाइडिङको ट्रेनिङ सेन्टरका रूपमा समेत विकास गरिरहेको श्रेष्ठले बताउनुभयो । अघिल्लो वर्ष पनि नेपालले यसै स्थानमा एक्युरेसीको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ । नेपाल भ्रमण वर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा वृद्धि गर्ने सरकारको लक्ष्य अनुरुप प्रतियोगिता आयोजना गर्न लागिएको श्रेष्ठले बताउनुभयो । प्याराग्लाइडिङको स्तरोन्नती सहित यहाँ हवाई खेलको सम्भावना छ भन्ने सन्देश विश्वसामु पुर्‍याउने लक्ष्य रहेको आयोजकले बताएको छ ।

    सम्बन्धित खवर