वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा निधन

वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा निधन

  • , 4.7K जनाले हेर्नुभयो
  • 4.7K
    SHARES

  • वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा निधन

    वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ ।

    उनी सो इन्स्टिच्यूटका संस्थापक तथा प्रख्यात स्नायुरोग विशेषज्ञ थिए ।

    पित्तथैलीको अर्बुदरोगका कारण करीब एक वर्षअघिदेखि पीडित डा देवकोटाको साँझ ५ः३५ बजे निधन भएको उनका भजिता वसन्त देवकोटाले जानकारी दिए ।

    छ महिनाअघि बेलायतमा उपचार गर्न लगिए पनि रोग निको नहुने भएपछि उनी स्वदेशमै देहत्याग गर्ने इच्छासहित स्वदेश फर्किएका थिए ।

    बिरामी अवस्थामा नै आफू जन्मेको घरको पिँढीमा सुस्ताउने र त्यहाँको सिस्नेधाराको पानी पिउने इच्छा गरेबमोजिम उनलाई गत जेठ २६ गते हेलिकप्टरमा त्यहाँ लगिएको थियो ।

    विसं २०१० पुस ४ गते गोरखाको पण्डितगाउँ लिगलिगमा जन्मनुभएका डा देवकोटाका श्रीमती र तीन छोरी छन् ।

    श्रीमती डा मधु दीक्षित तथा छोरीहरु मेघा, वसुधा र मञ्जरीले उनको काजक्रिया सात दिनमा सक्ने अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पूर्व स्वास्थ्यमन्त्री डा देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि अपराह्न १ बजेसम्म श्रद्धाञ्जलिका अस्पताल परिसरमा राखिनेछ भने त्यसपछि नारायणगोपाल चोकबाट शवयात्रासहित पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिनेछ ।

    सम्बन्धित खवर