भारतीय लगानीमा संचालनमा आएको पोखराको मनिपाल शिक्षण अस्पतालमा नर्सको तलब मासिक ५ हजार रुपैयाँ !

भारतीय लगानीमा संचालनमा आएको पोखराको मनिपाल शिक्षण अस्पतालमा नर्सको तलब मासिक ५ हजार रुपैयाँ !

  • , 7.1K जनाले हेर्नुभयो
  • 7.1K
    SHARES

  • भारतीय लगानीमा संचालनमा आएको पोखराको मनिपाल शिक्षण अस्पतालमा नर्सको तलब मासिक ५ हजार रुपैयाँ !

    पोखरा । भारतीय लगानीमा सञ्चालित पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा कार्यरत नेपाली कर्मचारीमाथि चरम श्रम शोषण भइरहेको पाइएको छ । उक्त अस्पतालमा कार्यरत स्टाफ नर्स, नेपाली डाक्टर र अन्य कर्मचारीमाथि श्रम शोषण भइरहेको पाइएको हो ।

    लाखौँ खर्च गरेर स्टाफ नर्स उत्तिर्ण भएका नर्सहरुमाथि सबैभन्दा चरम श्रम शोषण भइरहँदा समेत सरोकारवाला निकाय मौन छन् । मनिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरुले मासिक ५ हजार रुपैयाँमा काम गरिरहेको पाइएको छ । दियोपोस्टलाई प्राप्त ‘स्यालरी सिट’मा ८ घण्टादेखि १४ घण्टासम्म काम गर्ने नर्सहरुले मासिक रुपमा ५ हजार रुपैयाँ पाउने गरेका छन् । केही स्थायी नर्सले मात्रै मासिक रुपमा १५ हजार रुपैयाँ तलब पाइरहेका छन् ।
    ‘यहाँ कार्यरत नर्समाथि मात्रै होइन सबै कर्मचारीमाथि चरम श्रम शोषण छ,’ एक कर्मचारीले दियोपोस्टसँग भने,‘नेपाली नागरिक र भारतीय नागरिकमा ठूलो विभेद छ । एउटै पदमा कार्यरत नेपाली कर्मचारीलाई भन्दा भारतीय कर्मचारीलाई तेब्बर धेरै तलब दिइन्छ ।’

    आवाज उठाउने कर्मचरीमाथि प्रशासनद्वारा कारबाही !

    कर्मचारीका विभिन्न मुद्दालाई लिएर आन्दोलनमा उत्रिएको भन्दै कर्मचारीमाथि प्रशासनले कारबाही गरेको छ । गत जेठ ७ गते कर्मचारीहरु रमेश बोहरा, निलकण्ठ भट्टराई, टेक बहादुर विक र अल्पना ठाकुरलाई जागिरबाट निष्काशन गरिएको छ ।

    बोहरा अस्पतालमा कार्यरत आन्दोलनरत कर्मचारीका तर्फबाट वार्ता टोलीका संयोजक समेत हुन् ।

    कर्मचारी निष्कासन गरेको बिरोधमा अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मणिपाल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल र मणिपाल स्वतन्त्र कर्मचारी युनियनले आज मंगलबार संयुक्त रुपमा पोखरामा पत्रकार सम्मेलन गरी आफ्ना कर्मचारीको पुनर्रवहाली सहितको ५ बुंदे माग पुरा नभएसम्म इमर्जेन्सि बाहेकका सवै सेवा ठप्प पारेका छन् ।

    पीडितहरुले आफूहरुलाई जबरजस्ति श्रम ऐन विपरित निष्काशन गर्ने तथा जायज माग सुनुवाई नगर्ने प्रशासन विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका छन् । तर, प्रशासन अहिलेसम्म मौन छ ।

    कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले मनिपाल शिक्षण अस्पतालले आन्तरिक रुपमा कर्मचारीलाई कारबाही गरेको भन्दै अस्पतालको बचाउ गरे ।
    साभार कर्णाली न्युज

    सम्बन्धित खवर