चिट चोराउँदा चोराउँदै विद्यार्थीसंग प्रेम बसेपछि !

चिट चोराउँदा चोराउँदै विद्यार्थीसंग प्रेम बसेपछि !

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • चिट चोराउँदा चोराउँदै विद्यार्थीसंग प्रेम बसेपछि !

    सफिक बेहना र पिंकी शाहले वैवाहिक सम्बन्ध गाँसेको २२ वर्ष भयो । उनीहरूको प्रेमिल जोडी सजिलै बाँधिएको भने होइन । अन्तरधार्मिक विवाहमा कस्ता दु:ख आइपर्छन् भन्ने एउटा उदाहरण बनेको छ, यो जोडी ।

    पिंकी नेपालगन्जको मंगलप्रसाद माविमा पढ्थिन् । १० कक्षामा फेल भएपछि साथीसंगीको लाजले गौसिया माविमा भर्ना भइन् । त्यहाँ पिंकी सफिकको प्रेममा परिन् ।

    सुरुमा पिंकी सफिकलाई तेज विद्यार्थीका रूपमा चिन्थिन्, जो उनका साथीको आग्रहमा हरेक परीक्षामा चिट चोर्न सघाउँथ्यो । तर, नजानिँदो ढंगले त्यो सम्बन्ध प्रेममा बदलियो । टेस्ट परीक्षा उत्तीर्ण भएर पनि पिंकीसँगै पढ्न कक्षा दोहोर्‍याए ।

    सफिक क्रिकेट खेल्थे । चौथो राष्ट्रिय खेलकुदमा उनी कबड्डी प्रतियोगितामा सहभागी भएका थिए । त्यतिबेलै पिंकीलाई बडी बिल्डिङ मन पर्छ भन्ने कसैले सुनायो ।

    त्यसपछि जिमखाना जान थाले । इस्लाम खानलगायतका साथीहरू थिए, जसले उनलाई पिंकीले मन पराउँछे भनेर जिस्काउँथे । उनको नामबाट प्रेमपत्रसमेत लेखिदिन्थे ।

    टेस्ट परीक्षा चलिरहेकै बेला उनीहरू भागे । “केही नसोचेरै स्कुल ड्रेसमै उहाँसित भागेँ,” पिंकी सम्झिन्छिन्, “त्यसबेला मलाई भविष्यको कुनै चिन्ता भएन किनभने मसित सफिक थिए ।” उनीहरू भागेर रुपैडिया हुँदै बाबागन्ज पुगे ।

    त्यसबेला नेपालगन्जमा शिव सेना र इस्लाम युवाको ठूलै द्वन्द्व थियो । त्यसैले सफिक–पिंकी भागेकामा परिवारभन्दा धेरै धर्मवाला चिन्तित थिए । उनीहरू यो जोडीलाई छुटाउन चाहन्थे ।

    पिंकीका परिवारले सफिकका परिवारविरुद्ध नाबालिक छोरी बेपत्ता बनाएको प्रहरीमा उजुरी दिए । प्रहरीले उनीहरू सबैलाई थुनामा राखेर खोजी गर्‍यो । परिवार थुनिएको खबरपछि उनीहरू फर्किए ।

    पिंकीलाई माइतीले घर फर्काएर दिल्लीस्थित फुपूको घर लगे । एक वर्षपछि नेपालगन्ज आएका बेला सफिकले पुन: भगाए । पटक–पटक भगाउने र फिर्ता लैजाने क्रम चलिरह्यो ।

    दिल्लीबाट फर्केर बहराइचमा जडीबुटी कारोबार सुरु गरेको केही महिनामै पिंकी गर्भवती भइन् । त्यसपछि भने माइतीले उनलाई फर्काउन खोजेनन् ।

    सफिकको परिवार आर्थिक रूपमा कमजोर नभए पनि जबर्जस्ती हिन्दु केटी विवाह गरेकामा बेखुस थियो । छोराले आफैँ मिहिनेत गरेर कमाओस् भन्ने बुबाको चाहना थियो । त्यसबेला सफिकले के गरेनन् ? दैनिक १ सय २० किमि साइकल चलाएर व्यापार गरे ।

    ठकुरी परिवारमा लाडप्यारले हुर्किएकी पिंकी बुर्का लगाएर घरैमा बस्थिन् । संयुक्त परिवारमा बसुन्जेल झन्डै आठ वर्ष उनले बुर्का लगाउनुपर्‍यो । कुरान पढिन्, अरबी–उर्दू भाषा सिकिन् । सफिक नौ महिना कतार गए । त्यसबेला उनी घरबाट बाहिर निस्किन पाइनन् ।

    तर, अहिले स्थिति बदलिएको छ । पिंकीले बुर्का ओढ्नुपर्दैन । उनीहरू छुट्टै बस्छन् । सफिक स्थानीय निर्वाचनमा नेपालगन्ज उप–महानगरपालिका–४ को वडाध्यक्षमा विजयी भए ।

    कुनै बेला सफिकसँग छुटाउन खोज्ने दाइ राकेशसँग पनि सम्बन्ध सुध्रिएको छ । चाडवाडमा सँगै हुन्छन् । पिंकी रक्षाबन्धन, भाइटीका र होलीमा सँगै हुन्छिन् । राकेश पनि इद मनाउन बहिनीको घर जान्छन् ।

    यो पनि पढ्नुहोस्

    एनटीसी र एनसेलमध्ये कसको लोन लिँदा फाइदा ?
    पोखरा निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक एनसेलले सापटी सेवाको शुरु गरेको ५ बर्षपछि सरकारी स्वामित्वको नेपाल टेलिकम (एनटीसी) शुक्रबारदेखि सापटी सेवा शुरु गरेको छ ।

    दुई ठूला दुरसञ्चार सेवा प्रदायकले ग्राहकसँग ‘मेन व्यालेन्स’ नभएको समयमा पनि सेवा प्रदान गर्न सकुन् भनेर सापटी सेवा ल्याएका हुन् ।

    एनसेल र एनटीसीमध्ये कसको सेवा लिँदा ग्राहक लाभान्बित हुन्छन् । मोबाइलमा मेन ब्यालेन्स सकिएको अवस्थामा सेवा प्रयोग गर्न पाउनु ग्राहकका लागि फाइदाजनक नै मान्नु पर्छ ।

    एनटीसीले सापटी सेवा सुरु गर्नुअघि ग्राहकहरुसँग एनसेलको सापटी सेवा प्रयोग गर्नुको विकल्प थिएन । एनटीसीले सेवा सुरु गरेसँगै ग्राहकले आफूलाई पायक पर्ने कम्पनीको सेवा लिनसक्ने भएका छन् ।

    एनसेलले २०६९ जेष्ठ ३२ गतेदेखि ‘एनसेल सापटी’ र एनटीसीले २०७४ चैत १५ गतेदेखि ‘नमस्ते क्रेडिट’ को नाम सापटी दिने योजना ल्याएको हो ।

    एनसेलले सुरुवाती समयमा २० रुपैयाँदेखि सुरु गरेको सापटी योजना हाल ४० रुपैयाँसम्म पुर्याएको छ । एनटीसीले ग्राहकले फोनमा खर्च गर्ने पैसाको आधारमा ५ रुपैयाँदेखि ४० रुपैयाँसम्मको सापटी दिने व्यवस्था मिलाएको छ ।

    एनसेलमा ९९८८ मा कल गरेर वा ९९८८ मा ‘ए’ टाइपगरी सेवा सुचारु गर्न सकिन्छ । एनसेलको सापटी योजनामा सहभागि हुनका लागि सिस्टमलाई अर्डर दिनुपर्ने हुन्छ । एनसेलको सिस्टमले ग्राहकको मेन ब्यालेन्समा ४० रुपैयाँ सापटी दिन्छ ।

    एनटीसीको क्रेडिट योजना भने स्वचालित रुपमा संचालन हुन्छ । ग्राहकले १५७७ नम्बरमा ‘स्ट्याटस’ टाइपगरी सेवाको बारेमा जानकारी लिन सक्नेछन् । एनटीसीको सिस्टमले ग्राहकलाई कति रुपैयाँसम्मको सापट प्रयोग गर्नसक्ने बारेमा जानकारी दिन्छ ।

    एनटीसीको क्रेडिट योजना स्वचालित सेवा भएकाले फोन गर्दा, एमएमएस गर्दा वा डाटा प्रयोगर्दा मेन ब्यालेन्समा पैसा सकिए पनि सापटीको रुपमा रहेको पैसाबाट सेवा अवरुद्ध हुन पाउँदैन ।

    एनसेलको सापटी योजना सुरु गर्न सिस्टमलाई अर्डर दिनुपर्ने भएकाले सेवा प्रयोग गर्ने क्रममा व्यालेन्स सकिएमा सेवा अवरुद्ध हुन्छ । सिस्टमलाई अर्डर दिएर सापटी लिएर सेवा प्रयोग गर्नु पर्ने हुन्छ ।

    क्रेडिट योजना संचालिन भए पनि ग्राहकका लागि बाध्यकारी भने छैन । यो सेवा प्रयोग गर्न नचाहने ग्राहकले १५७७ नम्बरमा ‘स्टप’ टाइपगरी सेवा बन्द गर्न सक्नेछन् । १५७७ नम्बरमा ‘स्टार्ट’ टाइपगरी सेवाको पुनःसंचालन गर्न पनि सकिन्छ ।

    एनसेलले स्टिमलाई अर्डर दिएर सेवा प्रयोग गर्ने सुविधा दिएको छ । सेवा बन्द गर्न सकिने व्यवस्था भने मिलाएको छैन ।

    एनटीसीको क्रेडिट सेवामा ग्राहकको मेन व्यालेन्समा एक मुष्ठ रकम आउने छैनन् । ५ रुपैयाँदेखि ४० रुपैयाँको सिलिङ भित्रमा ग्राहकले सेवा प्रयोग गर्न सक्नेछन् ।

    क्रेडिट सेवा प्रयोग गर्ने ग्राहकले एनटीसीलाई अतिरिक्त पैसा तिर्नु पर्दैन । एनसेल लोन सेवा प्रयोग गर्दा ग्राहकले एकमुष्ट ४० रुपैयाँ मेन ब्यालेन्समा प्राप्त गर्नेछन् ।

    एनसेलले २ रुपैयाँ ५१ पैसा सेवा शुल्क बापत लिने गरेको छ ।

    एनटीसीमा ग्राहकले प्रयोग गरेको पैसाका आधारमा रिर्चाजपछि प्राप्त हुने रकम काटिन्छ भने एनसेलमा ४२ रुपैयाँ ५१ पैसा काटिन्छ ।

    एनसेलको सापटी योजनामा सिम सुचारु भएको ६ महिनापछि लागु हुन्छ भने एनटीसीमा सिम सुचारु भएको ३ महिनापछि सो सेवा प्रयोग गर्न योग्य हुन्छ ।
    from clickmandu

    सम्बन्धित खवर