५०० रुपैयाँ दिई बालिकालाई फकाएर पटक-पटक बलात्कार गर्ने प्रहरी असई पक्राउ, कस्तो कारबाही ठिक?

५०० रुपैयाँ दिई बालिकालाई फकाएर पटक-पटक बलात्कार गर्ने प्रहरी असई पक्राउ, कस्तो कारबाही ठिक?

  • , 3.3K जनाले हेर्नुभयो
  • 3.3K
    SHARES

  • ५०० रुपैयाँ दिई बालिकालाई फकाएर पटक-पटक बलात्कार गर्ने प्रहरी असई पक्राउ, कस्तो कारबाही ठिक?

    बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको रहस्य सार्वजनिक भएपछि पाँचथरको नवमीडाँडा प्रहरी चौकिका प्रहरी सहायक निरिक्षक (असई) बलबहादुर ठटाल पक्राउ परेका छन् ।

    चौध वर्षिया बालिकालाई बलात्कर गर्ने झापा भद्रपुरका ठटाललाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलिले पक्राउ गरेको हो । बालिकाले खाना खाए लगतै वान्ता गर्न थालेपछि परिवारले सोधपुछ गर्दा असई ठटालले बलात्कार गरेको वताएपछि रहस्य सार्वजनिक भएको हो ।

    पिडितका आफन्तका अनुसार ठटालले बालिकालाई गत पुषमा बलात्कार गरि ५ सय रुपैयाँ दिएर कसैलाई नभन्नु भनेका थिए । ठटालले बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको समेत आफन्तले वताएका छन् ।

    पक्राउ परेका ठटालमाथि अनुसन्धान भईरहेको पाँचथर प्रहरीले जनाएको छ । पिडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको प्रहरीका विज्ञान वस्नेतले वताए ।

    यो पनि पद्नुहोस

    कालाजार रोग सार्ने भुसुनाको अध्ययन गरिँदै

    देब पचभैया/उज्यालाे ।
    पाल्पा, चैत १७ – कालाजारको समस्या देखिएपछि पाल्पामा रोग सार्ने भुसुनाका बारेमा अध्ययन सुरु भएको छ । रम्भा गाउँपालिका– २, फोक्सिङ्गकोटमा कालाजार रोग सार्ने भुसुनाबारे अध्ययन सुरु भएको हो ।

    स्थानीय नरबहादुर पाँडेमा कालाजारका किटाणु भेटिएपछि त्यस क्षेत्रमा भएका रोग सार्ने स–साना भुसुनामा समेत यसका किटाणु हुन सक्ने भन्दै अध्ययन सुरु भएको सरुवा रोग अनुसन्धान केन्द्रका अनुसन्धान अधिकृत विवेककुमार सिंहले जानकारी दिनुभयो ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशनमा अनुसन्धान सुरु गरिएको हो । चरणबद्ध अनुसन्धान पछि भुुसुनामा कालाजारका किटाणु भेटिए यस क्षेत्रमा भुसुना मार्ने अभियान संचालन गरिने अनुसन्धान अधिकृत सिंहको भनाई छ ।

    लगातार ज्वरो आउने, शरीर कमजोर हुने, पेट फुल्ने समस्या आएपछि नरबहादुरलाई पहिले तानसेनमा रहेको मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गरिएको थियो । लामो समयसम्म उपचार गराउँदा पनि निको नभएपछि उपचारका लागि काठमाडौं लगेपछि मात्रै उहाँलाई कालाजारको संक्रमण भेटिएको स्थानीय शिक्षक एवत सारुले जानकारी दिनुभयो ।

    कालाजार संक्रमित मानिसलाई टोकेको भुसुनाले स्वस्थ मानिसलाई टोक्दा कालाजार रोग फैलन सक्छ । जिउ कालो हुँदै जाने, दुई हप्ता बढी समयदेखि ज्वरो आउने, पेट सुन्निएर बायाँतर्फ सर्दै जाने तथा बिरामी कमजोर हुँदै जाने कालाजारका लक्षणहरु हुन् ।

    सम्बन्धित खवर