पर्वतको कुस्मामा बालिका अपहरणको प्रयास, भाग्दै गरेको युवा भीरबाट खसेर मृत्यु

पर्वतको कुस्मामा बालिका अपहरणको प्रयास, भाग्दै गरेको युवा भीरबाट खसेर मृत्यु

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • पर्वतको कुस्मामा बालिका अपहरणको प्रयास, भाग्दै गरेको युवा भीरबाट खसेर मृत्यु

    पर्वत । पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाई बर्षिया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ ।

    बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानियबासीले देखेपछि भागेका ती युवाको कुस्मा नगरपालिका वडा

    नं ५ चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो ।iमृतकको सनाखत हुन सकेको छैन ।

    कुश्मा नगरपालिका ४ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी साढे २ बर्षिय छोरी सुवानी परियारलाई एक अपरिचित व्यक्तिले अपहरण गरेर लैजाँदै गर्दा स्थानीयबासीले देखेर हारगुहार गरेपछि उनी भाग्न खोज्दा भीरबाट खसेका थिए । बच्चा रोएको सुनेपछि भीर तर्फ हेर्दा बालिकाको मुख अठ्याइरहेको देखेपछि भागेको प्रत्यक्षदर्शीले बताए ।

    बालिका छाडेर भाग्ने क्रममा भीरबाट खसेका ती युवाको प्रहरीले खोजी गर्ने क्रममा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।

    बेपत्ता भएका व्यक्तिलाई प्रहरी र स्थानीयबासीहरुको पहलमा खोजि कार्य गर्दा करिव १ घण्टा पछि चाक्लेडिल भीरको करिव २ सय मिटर तल उनी मृत अवस्थामा भेटिएका थिए । मृतकको सव पोष्टमार्टमका लागि प्रहरीले जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

    उक्त व्यक्तिले घटनाको करिव आधा घण्टा पहिला सोही घटना स्थल नजिकैको एक होटलबाट मदिरा समेत चोरी गरी भागेको अवस्थामा व्यवसायीले थाहा पाएपछि उनलाई नियन्त्रणमा लिएर छाडेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिपक थापाले बताए

    सम्बन्धित खवर