विरामी बुवालाई भेट्न जाँदा बुवाबाटै बञ्चरो प्रहार गरेर छोरी सहित दुई नातिनीको हत्या

विरामी बुवालाई भेट्न जाँदा बुवाबाटै बञ्चरो प्रहार गरेर छोरी सहित दुई नातिनीको हत्या

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • विरामी बुवालाई भेट्न जाँदा बुवाबाटै बञ्चरो प्रहार गरेर छोरी सहित दुई नातिनीको हत्या

    रोल्पा । विरामी बुवालाई भेट्न माइत पुगेकी एक महिला आफ्ना दुई सन्तानसहित बुवाबाटै मारिएका छन् । रोल्पा नगरिपालिका वडा नं. ७ कोर्चाबाङ घापाका ४३ वर्षीय लिलबहादुर पुनले घरेलु हतियार बञ्चरो प्रहार गरेर आफ्नै छोरी पबावती केसी र दुई नातिनीको हत्याका गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयको निरिक्षक सुदर्शन पन्थीका अनुसार लीलबहादुन पुनले शुक्रबार साँझ छोरी २५ वर्षीय पबावती, नातिनीहरु दुई वर्षीय दिया र सातमहिनाकी नियाको हत्या गरेका छन् । हत्याको घटनालाई घापा गाउँ शोकमा डुबेको छ । पबावती बुवा विरामी भएको सुनेपछि सञ्चो विसञ्चो बुझ्न माइतीघर पुगेकी थिइन् ।

    लिलबहादुरले श्रीमति तिर्था र छोरा प्रजितको हत्या गर्न खोजेका थिए । तर उनीहरुले भागेर ज्यान जोगाएका छन् । ‘बञ्चरो प्रहार गरेर छोरीको हत्या गरे । आमाछोरा मुस्किलले भागेर बाँच्न सफल भयौं’, ज्यान जोगाएकी तिर्था भन्छिन् । आफ्नै सामुन्ने छोरी र नातिनीको हत्या भएको देखेकी आमा र छोरा विक्षिप्त छन् ।

    पबावती केसी र उनकी दुई छोरी । तस्वीर पत्रकार खेम बुढामगरको फेसबुकबाट
    पबावती केसी र उनकी दुई छोरी । तस्वीर पत्रकार खेम बुढामगरको फेसबुकबाट
    परिवार र छिमेकीका अनुसार लिलबहादुरको मानसिक अवस्था बेलाबेलामा असन्तुलित हुने गरेको थियो । गत वर्ष बसबाट खसेर जेठो छोरा गोविन पुनको मृत्यु भएपछि उनको मानसिक अवस्था बिग्रिएको पारिवारको भनाई छ । केही समय यता उनले निरन्तर मदिरा सेवन गर्दै आएका छन् ।

    चाउचाउ पकाएर चुलो छेउमा खाँदै गरेको अवस्थामा लिलबहादुरले छोरी र नातिनीमाथि एकसाथ बञ्चरो प्रहार गरेका थिए । दाँया कन्चट, कान र नाकमा बञ्चरोको घाउ छ । जेठी छोरी पिठ्यूमा बोकेर र कान्छी छोरीलाई काखमा राखेर चाउचाउ खाइरहेको वेला एक्कासी बञ्चरो प्रहार गरेको आमा बताउँछिन् ।

    पत्नीले आफूलाई पनि बञ्चरोले हिर्काउन खोजेपछि भागेकी बताउँछिन । छोरीको हत्या हुनु केही समयअघि पत्नीलाई कुट्न खोज्दा छोराछोरीले जोगाएका थिए । छोरी र नातिनीहरुको हत्या गरेर लिलबहादुर बञ्चरो हातमा उचालेर छिमेकीको घरमा पुगेका थिए ।

    ‘छोरी र नातिनीको हत्या गरेको छु । रमाईलो हेर्न आउनु’ भन्न पुगेको छिमेकी बताउँछन् । घटनाको जानकारी पाएपछि उनका भाइले छिमेकी बोलाएर बाँधेर प्रहरीलाई खबर गरेका थिए । गाउँले र प्रहरी समक्ष आफ्नै पत्नीको हत्या गर्न खोजेको र छोराछोरीले बचाएकाले छोरीसहित नातिनीहरुको हत्या गरेको लिलबहादुरले बताएका छन । गाउँलेले बाँधेर राखेका बेला उनले बोक्सी भएर आफूलाई खान थालेकाले हत्या गरेको पनि जिकिर गरेका छन् ।

    घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट सई तिलकप्रसाद कलौनीको नेतृत्वमा प्रहरी घटना थल राती नै पुगेको थियो । घटना मुचुल्का उठाएर शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा ल्याइएको छ । हत्या आरोपीलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।-रोल्पा टुडे बाट

    सम्बन्धित खवर