नेपाल टेलिकमले ल्यायो फेरी अर्को सोच्नै नसकेको ग्राहकको लागि बम्पर सुबिधा, फोन गर्ने पैसा छैन ?अब टेलिकमलेनै हाल्दिन्छ

नेपाल टेलिकमले ल्यायो फेरी अर्को सोच्नै नसकेको ग्राहकको लागि बम्पर सुबिधा, फोन गर्ने पैसा छैन ?अब टेलिकमलेनै हाल्दिन्छ

  • , 7.4K जनाले हेर्नुभयो
  • 7.4K
    SHARES

  • नेपाल टेलिकमले ल्यायो फेरी अर्को सोच्नै नसकेको ग्राहकको लागि बम्पर सुबिधा, फोन गर्ने पैसा छैन ?अब टेलिकमलेनै हाल्दिन्छ

    चैत्र १६,नेपाल टेलिकमले जीएसएम प्रिपेड ग्राहकका लागि घोषणा गरेको ‘नमस्ते क्रेडिट सेवा’ भोलि शुक्रबारबाट शुरु गर्ने भएको छ । गत माघ २२ गते एक समारोहका बीच यसको सफ्ट लञ्च भएपनि भोलिबाट ग्राहकले सेवा लिन पाउनेछन् ।

    तर, ग्राहकलाई यो सेवा लिएबापत ब्याज वा कुनै शुल्क नलिने तयारी छ ।

    टेलिकमले आफ्नो १४औं वाषिर्कोत्सवको अवसरमा यो सेवा सुरु भएको घोषणा गरेको थियो । भोलिबाट प्रिपेड कार्डबाहक ग्राहकले फोन गर्दा-गर्दै पैसा सकिएमा पनि क्रेडिट लिएर फोन गर्न सक्नेछन् ।

    शुक्रबार सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले विहान १० बजे सेवाको थालनी गर्ने कार्यक्रम छ । अहिलेसम्म एनसेलले मात्रै सापटी दिने सेवा दिँदै आएको छ ।

    यो योजनामा सापटीमा रुपमा कति रकमको सीमा राखिने भन्ने घोषणा भोलि नै हुनेछ । टेलिकमले ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काट्ने व्यवस्था गर्दैछ ।

    कसरी सेवा लिने भन्ने विषय पनि उद्ङाटन कार्यक्रमै जानकारी दिइने टेलिकमले जनाएको छ ।

    यो पनि पढ़ौ

    उमेरले छेकेन हजुरआमाको शिक्षाको यात्रा

    १५ चैत, काठमाडौं । डोटी घर भएकी पार्वतीदेवी मलासी ६४ वर्षकी भइन् । अहिले उनी नाति-नातिना उमेरका विद्यार्थीसँगै बसेर एसईई परीक्षा दिइरहेकी छिन् ।

    अछाम माइतीघर भएकी पार्वतीका दुई छोराछोरी छन् र दुवैले मास्टर्स गरिसकेका छन् । छोरीको बिहेबारी भइसकेको छ भने छोरा यतिबेला अष्ट्रेलियामा छन् ।

    १५ वर्षकै उमेरमा पार्वतीको विवाह डोटीका थिरबहादुर मलासीसँग भयो । बिहेपछि बच्चा जन्मिए । उनी बच्चा हुर्काउनमै व्यस्त रहिन् । आफूले पढ्न नपाए पनि छोराछोरीहरुलाई उच्च शिक्षा दिने उनको धोको थियो । छोराछोरीलाई राम्रो शिक्षा दिनकै लागि उनी सपरिवार काठमाडौं आइन् । र, छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाइन् ।

    बुढेसकालमा कापी कलम बोकेर स्कुल जाँदा उनलाई खिज्याउनेहरु धेरै थिए, तर उनले परवाह गरिनन् । दुई कक्षासम्म उनले बाल्यकालमै अछाममा पढेकी थिइन् । तर, त्यतिबेला छोरी मान्छेले पढ्नु हुँदैन भन्ने सामाजिक मान्यताले गर्दा उनको पढाइले निरन्तरता पाउन सकेन । पढाइ छोडेपछि उनको जीवन घाँस दाउरामै बित्यो ।

    ६२ सालको एक दिन उनी आफ्नो बिरामी छोरालाई पाटन हस्पिटलमा जँचाएर फर्किँदै थिइन्, स्कुलको ड्रेस लगाएका केही महिलाहरुलाई उनले बाटोमा भेटिन् ।

    उनको उत्सकुता बढ्यो । सोधिन्, ‘तपाईंहरु कहाँ पढ्ने हो ?’

    उनीहरुले जवाफ दिए, ‘भद्र घले महिला स्कुलमा ।’

    यो सुनेर पार्वती हौसिइन् । आफू पनि सो स्कुलमा भर्ना भएर पढ्ने चाहना जाग्यो ।

    ‘लौन मलाई पनि त्यो स्कुल देखाइदिनुस्’ भन्दै उनी पछि लागिन् ।

    स्कुलमा पुगेपछि उनले डोटीकै केही दिदीबहिनी भेटिन् ।

    ‘लेख्न पढ्न आउँछ ?’ उनीहरुले सोधे ।

    ‘सानोमा २ कक्षासम्म पढको, तर अहिले सबै भुलेँ,’ उनले जवाफ दिइन् ।

    त्यसपछि पार्वती सो स्कुलमा १ कक्षामा भर्ना भइन् ।

    परीक्षाको तयारीमा पार्वतीदेवी । उनलाई ९ कक्षामा अध्ययनरत (देवरको) छोराले परीक्षा तयारीमा सघाउने गरेका छन् ।

    सुरु-सुरुमा आफ्नो छोरी उमेरका शिक्षिकाहरुले हात समाएर लेख्न सिकाउँदा उनलाई अप्ठ्यारो नलागेको होइन । तर, विस्तारै अभ्यस्त भइन् ।

    त्यहाँ कक्षा ६ सम्म पढेपछि मदन भण्डारी स्कुलमा सरिन् । त्यहाँ कक्षा ७ र ८ पढिन् । त्यसपछि पद्मकन्या स्कुलमा नौ कक्षामा भर्ना भइन् । अहिले सोही स्कुलबाट एसईई दिइरहेकी छिन् । कक्षा १२ सम्म पढेर बिट मार्ने उनको लक्ष्य छ ।

    पार्वतीका ससुरा प्रधानपञ्च हुन् । उनी पहिलेदेखि नै बुहारीलाई पढाउने पक्षमा थिए । त्यतिबेला घर व्यवहारको जिम्मेवारीले गर्दा उनले पढ्ने फुर्सद नै पाइनन् ।

    बुढेसकालमा आएर पढ्नुको कारण सोध्दा उनी भन्छिन्, ‘शिक्षा भनेको सिप हो । म सिप सिक्दैछु । यसैमा खुशी छु । पढ्नलाई उमेरले छेक्दैन ।’

    पार्वती सारी-चोलो लगाएर, व्याग बोकेर स्कुल जान्थिन् । शिक्षिकाहरुले उनलाई कुर्ता सुरुवाल लगाएर आउनु भन्थे ।

    तर, उनलाई लाज लाग्थ्यो ।

    सम्बन्धित खवर