छोरीको हत्या गरेर सुटुक्क जलाउने आमा-बाबु पक्राउ

छोरीको हत्या गरेर सुटुक्क जलाउने आमा-बाबु पक्राउ

  • , 3.3K जनाले हेर्नुभयो
  • 3.3K
    SHARES

  • छोरीको हत्या गरेर सुटुक्क जलाउने आमा-बाबु पक्राउ

    छोरीको हत्या गरेर सुटुक्क जलाउने आमा-बाबु पक्राउवीरगन्ज : छोरीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले आमा–बाबुलाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका १५ भिस्वामा आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ४१ वर्षीय सत्यनारायण वर्णवाल र उनकी कान्छी पत्नी ३० वर्षीया गीता कुमारीलाई पक्राउ गरेको हो।

    सत्यनारायणकी जेठी पत्नी स्वर्गीय मन्जु देवीको कोखबाट जन्मिएकी १६ वर्षीया नेहा कुमारी वर्णवालको बुबा सत्यनारायण र उनकी कान्छी पत्नी गीताले गत फागुन १३ गते हत्या गरी प्रहरी र छरछिमेकलाई पनि जानकारी नदिई इ रिक्सामा शव राखेर वीरगन्जको रानीघाटस्थित शम्सानघाटमा पुर्याएर एक डोमलाई ६ हजार रुपैयाँ दिएर जलाउन लगाएका थिए।

    प्रहरीका अनुसार, नेहालाई गाउँ घरमा नदेखेपछि छरछिमेकले सोधखोज गरेका थिए। यसरी खोजी गर्दा उनका बुबा सत्यनारायण र सौतेनी आमा गीताले छोरी भारतस्थित फुपूको घरमा गएको बताएका थिए। त्यसपछि शंका लागेर छिमेकीले प्रहरीलाई खबर गरेको र प्रहरीले मृतक नेहाका बुबा सत्यनारायण र सौतेनी आमा गीतालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नेहाको हत्या आफूहरुले नै गरेर शम्सानघाटमा लाश जलाएको बयान दिएको प्रहरी उपरीक्षक गणेश रेग्मीले जानकारी दिए।

    मृतक नेताका बुबा सत्यनारायण र सौतेनी आमा गीता कुमारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए। अन्नपुर्ण पोस्ट बाट

    अघिल्लो – भोली शुक्रबार यी राशीलाई असाध्यै राम्रो यी राशीलाई ठिकै : पुरा विवरण हेर्नुहोस जान्नुहोस् तपाईंको आजको प्रेम, धन, दशा, दुख, सुख को भाग्यफल यस्तो छ…श्री पाथिभारा माताले सबैको रक्षा गरुन्। – पछिल्लोsource:lamanewsupdate

    सम्बन्धित खवर