दाङकि १७ बर्षीय युवती बेपत्ता, खोजिदिन परिवारको सबैलाई आग्रह

दाङकि १७ बर्षीय युवती बेपत्ता, खोजिदिन परिवारको सबैलाई आग्रह

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • दाङकि १७ बर्षीय युवती बेपत्ता, खोजिदिन परिवारको सबैलाई आग्रह

    तुलसीपुर ८ कट्कुइया हरिनगरकी १७ बर्षीय कबिता सार्की बुधबार बेलुकीदेखि बेपत्ता भएकी हुन । तुलसीपुर बजारमा किनमेल गर्न गएकी उनी बेपत्ता भएपछी घरमा तनावको अबस्था सृजना भएको छ ।

    ग्रेट अरनिकोमा कक्षा १२ मा अध्ययनरत सार्की कहिले घर नछाड्ने स्वभावकि थिइन । उनको फोनमा पटक-पटक कल गर्दा हेलो भन्ने आवाज सुनिएपनि पूरा बोली सुन्न नसकिएको पारिवारिक श्रोतले जनाएको छ ।

    कसैले फोन खोसिदिएको हुन सक्ने आशंका गरिएको छ । अहिले यो समाचार तयार पार्दा सम्म उनको मोबाइल अफ रहेको छ । कसैले केही प्रोलभन पारी आपहरण गरेको हुन सक्ने स्थानीय दुर्गा डागीले बताए ।

    अहिले इप्रका तुलसीपुरलाई खबर गरिएको उनकी आमा एबम तुलसीपुर ८ कि वडा सदस्य गौमती सार्कीले जानकारी दिइन । साथै कसैले देखेमा सम्पर्क गरिदिन्हुन उनका दाइ प्रकाश सार्कीले सबैमा अनुरोध गरेका छ्न ।source:jaljalaonline

    सम्बन्धित खवर