परीक्षामा चिट चोर्न नपाएको भन्दै प्रहरीमाथि राति ढुंगामुडा, प्रहरी हवल्दार घाइते

परीक्षामा चिट चोर्न नपाएको भन्दै प्रहरीमाथि राति ढुंगामुडा, प्रहरी हवल्दार घाइते

  • , 6.5K जनाले हेर्नुभयो
  • 6.5K
    SHARES

  • परीक्षामा चिट चोर्न नपाएको भन्दै प्रहरीमाथि राति ढुंगामुडा, प्रहरी हवल्दार घाइते

    गमगढी, मुगु – एसईई परीक्षामा चिट चोर्न नपाएको झोकमा परिक्षामा सामेल विद्यार्थी र स्थानीय व्यक्तिले सोमबार परीक्षाको सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरेका छन् । यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

    सोमबार सञ्चालन भएको एसईई परीक्षाको गणित विषयमा प्रहरीले चिट चोर्न नदिएको झोकमा प्रभात मावि रोवा केन्द्रको परीक्षा सुरक्षामा खटिएका प्रहरीमाथि राति ८ बजे सुतिरहेको बेला स्थानीयले आक्रमण गरेका हुन् ।

    परीक्षा समयभर शान्तिपूर्ण तरिकाले सञ्चालन भएको भए पनि प्रहरीले चिट चोर्न नदिएको भन्दै परीक्षा केन्द्रको हाताभित्र उत्तरपुस्तिका र प्रशासन सुरक्षाका लागि बसेका प्रहरीमाथि साँझ ८ बजे केही परीक्षार्थी र स्थानीयले प्रहरी पोस्टमाथि ढुगामुडा गरेका थिए ।

    प्रहरीमाथि हानेको ढुंगा लागेर प्रहरी हवल्दार अर्जुनकुमार डाँगी घाइते भएका छन् । डाँगीको जिल्ला अस्पतालमा उपचार गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

    तल आफ्नो प्रतिक्रिया दिनुहोस !

    यो पनि पद्नुहोस
    महिलाहरु के गर्छन् यो गोप्य ‘सेक्स क्लब’मा ? जहाँ पुरुषलाई छ प्रवेश निषेध

    एजेन्सी । इङ्ल्याण्डको राजधानी सहर लण्डनमा महिलाहरुको लागि यस्तो एउटा गोप्य ‘सेक्स क्लब’ छ जहाँ पुरुषहरुलाई प्रवेश निषेध गरिएको छ । लण्डनको यस्तो गोप्य क्लबको बारेमा विभिन्न चर्चाहरु चल्ने गरेका छन् ।

    ‘स्कर्ट क्लब’ नामको यो गोप्य क्लब महिलाहरुका लागि मात्रै भएको बताइन्छ । विभिन्न सञ्चार माध्यमका रिपोर्टका अनुसार यो क्लबमा ‘बाइसेक्सुअल’ महिलाहरु आउने गर्छन् र आफ्ना विभिन्न इच्छा चाहनाहरु पुरा गर्ने गर्छन् । तर यहाँ आएर महिलाहरुले गर्छन् चाहीँ के ?

    यो क्लबमा उत्तेजक पार्टीहरु हुने अनुमान गरिएको छ । जहाँ महिलाहरु पोल डान्स गर्छन् र ग्राहकहरुलाई उत्तेजक पार्ने काम गर्छन् । यहाँका सबै कर्मचारी महिलाहरु हुन्छन् जो सधैँ विकिनीमा मात्रै रहेका हुन्छन् ।

    यो क्लबमा जो पायो त्यो जान पाउँदैन । पहिलो पटक क्लबमा आउने महिलाहरुको नाडीमा विशेष किसिमको चाबी बाधिन्छ, जसबाट पुराना ग्राहकहरुले नयाँ ग्राहकहरुलाई चिन्न सकुन ।

    समाचारहरुका अनुसार यहाँ महिलाहरुका इच्छा चाहना पुरा गर्नको लागि वयस्क चलचित्र ‘फिफ्टी शेड्स अफ ग्रे’मा जस्तै यातना कोठा बनाइएको छ । यस्तो क्लब आखिर किन बनाइयो भन्ने सबैको मनमा प्रश्न उठ्न सक्छ ।

    ३७ वर्षीया जेनेभिव लेजुनले यो क्लबको सुरुवात गरेकी थिइन् । यो क्लब सुरु गर्नुअघि उनी आफ्नो व्यस्त समयका बाबजुत पनि विभिन्न पार्टीहरुमा रिल्याक्स गर्न जाने गर्दथिइन् । उनलाई पार्टीलाई अझ रोचक बनाउन यस्तो गरेको बताएकी छिन् ।

    जेनेभिवले भनेकी छिन्, ‘मैले कतिपय डान्स पार्टीहरु देखेँ जो बोरिङ हुँदै गइरहेका थिए । त्यसैले पनि मानिसहरुको सोँच भन्दा बेग्लै किसिमकोे पार्टीको आयोजना गर्ने बारे मैले सोँचेको थिएँ । हामी कहाँ आउने अधिकांश महिलाहरु विवाहित हुन्छन् । उनीहरुले अन्य महिलाहरुसँग आफ्नो हरेक किसिमको इच्छा चाहना पुरा गर्न सक्छन् ।source:kavrekhabar

    सम्बन्धित खवर