श्रीमानलाई छोडेर साथीसँग विवाह गर्ने महिलाको रोचक कहानी

श्रीमानलाई छोडेर साथीसँग विवाह गर्ने महिलाको रोचक कहानी

  • , 6.9K जनाले हेर्नुभयो
  • 6.9K
    SHARES

  • श्रीमानलाई छोडेर साथीसँग विवाह गर्ने महिलाको रोचक कहानी

    नेपालमा जस्तै चीनमा कुनै पनि महिलाले एउटा निश्चित उमेर पार गरेपछि उनीमाथि विवाह गर्ने दबाब सबैले दिने गर्दछन् । यस्तोमा कुनै समलिङ्गी महिलाले के गर्ने ? राजधानी बेइजिङमा बस्ने ३२ वर्षकी ओ शियाओबाइले बीबीसीलाई आफ्नो पूरा कहानी बिस्तारमा बताइन् । परिवारलाई खुसी पार्नका लागि उनले एक पुरुषसँग विवाह गरेको र त्यसपछिको घटनाक्रमलाई निकै विस्तृतमा वर्णन गरेकी छिन् ।

    शियाओबाईको कहानी, उनकै शब्दमाः

    मेरी साथीले जीवनमा कहिले पनि असुरक्षित महसुस नगरोस् भन्ने म चाहन्छु र म जीवनभर उनीसँग बस्न चाहन्छु । तर, मैले सन् २०१३ मा एक पुरुषसँग विवाह गरें । बेइजिङमा म आफ्नी साथीसँग बस्थें र म उनीसँग निकै खुसी थिएँ । तर डलियानमा बसिरहेका मेरो परिवारले मलाई विवाहका लागि लगातार दबाब दिन थाले ।

    म कोहीसँग प्रेम सम्बन्ध छु कि भनेर मेरा परिवारले लगातार सोध्न थाले तर त्यतिबेला मानिसहरु समलिङ्गीको बारेमा कम जागरुक थिए । त्यसैले मानिसहरुलाई मेरो सम्बन्धको बारेमा केही शंका थिएन । बुवाको मृत्युपछि घरको स्थिती निकै नाजुक भयो । मेरी आमालाई मैले घरबार नबसाएकोमा निकै चिन्ता थियो । उनी मसँग बस्न आइन्, केही महिनाका लागि ।

    त्यतिबेला बच्ने केही उपाय थिएनँ । त्यसपछि हामी दुई साथीले एकअर्कासँग परामर्श लियौं त्यतिबेला हामीले ‘सुविधाको विवाह’ नै रोज्यौं ।मैले एक साथीमार्फत आफ्नो हुन लागेको श्रीमानसँग भेटें । उनी राम्रा व्यक्ति हुन् । उनी पनि त्यतिबेला मजस्तै आफ्ना एक साथीसँग समलिङ्गी सम्बन्धमा थिए । हामीले विवाह गर्यौं । मलाई लाग्यो मेरो निर्णय एकदम सहि थियो ।

    मेरी साथीले यो विवाहमा हरेक कदममा मलाई साथ दिइन् । उनले मेरो विवाहको कपडा बनाइन्, उनको रोजाइमा । मलाई मेकअप गरिदिइन् र विवाहमा ब्राइड्समेड पनि बनिन् ।त्यस्तै गरी मेरा श्रीमानको साथी पनि हाम्रो विवाहमा निकै खुसी थिए र उनले पनि उनको हरेक कदममा साथ दिए ।

    विवाह भएको सुरुवाती दिनमा हामीले आफ्नो परिवारका आफन्तसँग भेट्यौं । पारम्परिक रुपमा सबै काम गर्यौं । दुई वर्षसम्म सबैलाई विश्वास भयो कि हामी श्रीमान् श्रीमतीको हौं तर यी सब देखावटी थियो । हामी वास्तविक रुपमा श्रीमान् श्रीमती थिएनौं । म पहिलेजस्तै आफ्नो समलिङ्गी साथीसँगै बस्छु । यस्तै मेरा श्रीमान् पनि उनको समलिङ्गी साथीसँगै बस्छन् । हामी चारैजना निकै मिल्छौं र कहिलेकाँही बाहिर खाना खान र घुम्न जान्छौं ।

    तर पछि हाम्र्रो लैङ्गिकताको बारेमा थाहा पाउने साथीहरुले हामीलाई प्रश्न सोध्न थाले । त्यसपछि हामीलाई महसुस हुन थाल्यो कि हामीजस्तै अरु मानिसहरु पनि जसलाई वास्तविक रुपमा नै मद्दतको खाँचो छ । चीनमा सात करोड समलिङ्गी छन् । यस्तोमा यस्ता थुप्रै महिलाहरु छन् जो मूल रुपमा समलिङ्गी हुन् तर दबाबमा उनीहरुले पुरुषसँग बाध्यताबश् विवाह गर्नुपर्छ ।

    त्यसपछि हामीले सोसल मिडियामा आइहोम नामबाट सेवा सुरु गर्यौं । यसमार्फत हामीले ८० भन्दा बढि कार्यक्रम गर्यौं । सयभन्दा बढि ‘सुविधाको विवाह’ गरायौं । हामीले आइहोम ऐप पनि लागु गरेका छौं ।तर पछि हामीले यो बुझ्यौं कि यस्तो प्रकारको ‘सुविधाको विवाह’ अरु थुप्रै मानिसका लागि निकै भयावह पनि भइरहेको छ ।

    यदि परिवारका अन्य मानिसहरुले पनि त्यहि शहरमा बस्छन् र एकाएक एकदिन केही नभनी घरमा बस्न आउँछन् भने त्यो निकै मुश्किल हुनसक्छ ।यसका साथै लगातार ‘बच्चा कहिले जन्माउँदै छौ’ भन्ने प्रश्नले चिन्तित तुल्याउन सक्छ ।अहिलेसम्म हामी बच्चाको प्रश्नलाई विभिन्न बहाना गरेर पन्छाउँदै आएका छौं । अहिले म आफ्नी साथीको लागि श्रीमानको खोजीमा छु ।

    म हाईस्कूलको दिनदेखि नै साथीको घरमा जाँदै गरेकी छु । र साथीको परिवारले मलाई राम्रोसँग चिन्नुहुन्छ । तर कि हाम्रो यौन रुचीबारे उहाँहरुलाई थाहा हुन्छ कि भन्ने मलाई डर लाग्छ ।मलाई लाग्दैन कि मैले सधैं यो वास्तविकतालाई लुकाउन सक्छु । ढिलो चाँडो हामीले हाम्रो वास्तविकता बारे सबैलाई बताउनै पर्छ ।

    तर म आशावादी छु कि चीनियाँ समाज समलिङ्गीहरुका लागि निकै उदार हुनेछ । यस्तो हुने हो भने मेरी आमालाई मलाई स्विकार गर्न सजिलो हुनेछ । म चाहन्छु कि मेरो परिवारले मेरो वास्तविकता थाहा पाएपछि पनि मलाई स्विकार गरोस् ।

    म र मेरी साथी दुबै मिलेर हामी समाजलाई समलिङ्गीलाई राम्रोसँग बुझ्न मद्दत गर्नेछौं । हामी ‘सुविधाको विवाह’ लाई व्यवहारिक मानेर यसको प्रयोग बढाउन चाहन्छौं । यसले समाज र समलिङ्गीबिचको द्वन्द्व कम होस् भन्ने चाहन्छौं ।हामी यो बाटोमा हिँडिरहने छौं र यो लडाईंमा अघि बढिरहनेछौं । (नतालिया जुओ र ओआना मारोसिकोको अनुसन्धान)

    सम्बन्धित खवर