नेपालका ज्वाई गोविन्दाको प्रेम कहानीः ‘प्रेम निलमसँग, बिहे सुनितासँग’

नेपालका ज्वाई गोविन्दाको प्रेम कहानीः ‘प्रेम निलमसँग, बिहे सुनितासँग’

  • , 5.2K जनाले हेर्नुभयो
  • 5.2K
    SHARES

  • नेपालका ज्वाई गोविन्दाको प्रेम कहानीः ‘प्रेम निलमसँग, बिहे सुनितासँग’

    नेपाली ज्वाँइ भनेर चिनिने बलिउड नायक गोबिन्दा ५४ वर्ष लागेका छन् । उनले सन् १९८६ मा हिन्दी चलचित्र ‘लभ ८६’ बाट करिअर सुरु गरेका थिए ।
    जतिबेला उनले करिअर सुरु गरेका थिए, उनको नायिका नीलमसँग प्रेमको चक्कर चलेको थियो । गोबिन्दा निलमसँग विवाह नै गर्ने तयारीमा थिए । तर, उनकी आमालाई यो कुरा मन परेको थिएन । आमाको चाहना थियो कि छोराले निर्देशक आनन्द सिंहकी साली (अहिलेकी श्रीमति) सुनीतासँग बिहे गरोस् ।गोबिन्दाले आमाको कुरा टार्न सकेनन् र सुनितासँग विवाह गरे । सुनिता काठमाण्डौ मुलपानीमा जन्मेकी थिइन् भने पढाइ लेखाई मुम्बइमा भएको थियो ।
    आमाकै आग्रहमा उनले सन् १९८७ मा बिवाह गरे । तर, विवाहको खबर लामो समयसम्म लुकाएर राखे । उनकी छोरी नर्मदा जन्मेपछि मात्रै उनको विवाहको खबर सार्वजनिक भएको थियो । एक म्यागजिनमा अन्तरवार्ता दिदै गोबिन्दाले भनेका थिए-‘मलाई निलमलाई भुल्न निकै गार्‍हो भयो । केहि चलचित्रमा विवाहपछि पनि सँगै काम गरेँ ।’

    प्राणलाल मेहताको अफिसमा गोविन्दा र निलमको पहिलो भेट भएको थियो । गोबिन्दाको भनाई अनुसार पहिलो भेटमा निलमले सेतो रंगको सर्ट लगाएकी थिइन् । त्यसमाथि लामो कपालले उनी परि जस्तै देखिएकी थिइन् । उनले हेल्लो भन्दा गोबिन्दा झस्किएका थिए । किनकी गोबिन्दाको अंग्रेजी राम्रो थिएन ।

    अंग्रेजी नआएपनि गोबिन्दालाई जोक खुब आउथ्यो । सुटिङ स्पटमा जोक सुनाई सुनाई निलमलाई प्रभावित पारे । निलम पनि गोबिन्दासँग प्रभावित हुँदै गइन् । तर, आमाको रोजाइका कारण गोविन्दा र निलमको बिहे हुन सकेन ।source:rapti24news

    सम्बन्धित खवर