दक्षिण कोरियामा नेपाली कामदारको तलब फेरी बढ्यो

दक्षिण कोरियामा नेपाली कामदारको तलब फेरी बढ्यो

  • , 3.3K जनाले हेर्नुभयो
  • 3.3K
    SHARES

  • दक्षिण कोरियामा नेपाली कामदारको तलब फेरी बढ्यो

    कोरियाको श्रम बजारमा नेपाली कामदार मेहनती, इमान्दार र अन्य देशकाभन्दा कम अवैध रहेका कारण कोरियाली पक्ष नेपाली कामदारप्रति कोरियाली सरकार सकारात्मक देखिएको हो

    कोरियामा कार्यरत नेपाली युवा कामदारले कार्यस्थलमा देखाएको लगनशीलता, इमानदारिता, धैर्य र अनुशासनका कारण नै नेपाल कोरियाका लागि नेपाली कामदार कम्बोडियापछिको दोस्रो प्राथमिकतामा परेको हो।

    आगामी वर्षका लागि मजदुरको न्यूनतम ज्याला निर्धारण गर्न रोजगारदाता, मजदुर र सरकारका प्रतिनिधीबीचको वार्ता पछि तलब आठ दशमलब एक प्रतिशतले वृद्धि गर्ने सहमती भएको हो ।

    न्यूनतम ज्याला निर्धारण गर्न यस अघि पटक पटक वार्ता भएपनि सहमती जुट्न सकेको थिएन । रोजगारदाता र मजदुरका प्रतिनिधीबीचको आ–आफ्नै अडानका कारण हिजो बुधवार विहानको वार्ता निष्कर्षविहीन भएको थियो ।

    प्रतिघण्टा दश हजार वोन हुनुपर्ने माग गर्दै आएका मजदुर संगठनले त्रिपक्षिय वार्तामा आठ हजार दुइ सय वोन हुनुपर्ने अडान राखेका थिए भने रोजगारदाताका प्रतिनिधीले पाँच हजार सात सय पन्ध्र वोन हुनुपर्ने अडान लिएका थिए ।

    वार्ताको मध्यस्थता गरेको सरकारी पक्षले प्रतिघण्टा पाँच हजार नौ सय चालीस या छ हजार एक सय बीस वोनमा सहमती गर्न प्रस्ताव गरेको थियो ।

    तलब वृद्धिसँगै अव कामदारले दैनिक आठ घण्टाको दरले महिनाको बाह्र लाख साठी हजार दुइ सय सत्तरी वोन पाउने छन् । यो वृद्धि भएको तलब भने आगामी जनवरी देखि लागु हुने छ । हाल कामदारले दैनिक आठ घण्टाको दरले मासिक एघार लाख पैसठ्ठी हजार वोन तलब प्राप्त गर्छन् ।

    बढेको तलव अनुसार यस अघि १ लाख ९ हजार महिनामा कमाउने नेपाली कामदारले १ लाख १८ हजार कमाउने छन् ।

    कोरियामा सन् उन्नाइस सय उनानब्बेमा न्यूनतम ज्याला निर्धारणका लागि सरकारले छुट्टै न्यूनतम ज्याला परिषद गठन गरेको थियो । त्यस यता परिषदको रोहवरमा त्रिपक्षिय बैठकको छलफल मार्फत प्रत्येक वर्ष मजदुरको ज्याला निर्धारण हुने गर्दछ ।source:prkhabar

    सम्बन्धित खवर