छात्र र छात्राहरु सबैलाई कक्षामा स्कर्ट लगाएर आउन आदेश

छात्र र छात्राहरु सबैलाई कक्षामा स्कर्ट लगाएर आउन आदेश

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • छात्र र छात्राहरु सबैलाई कक्षामा स्कर्ट लगाएर आउन आदेश

    पाेखरा : स्पेनमा ह्याशट्याग क्लोथ्सह्याभनोजेन्डर अभियान एक पटक फेरि चर्चामा छ । यहाँको एक स्कुलले लैंगिक समानताको सन्देश दिनको लागि छात्र र छात्राहरु सबैलाई कक्षामा स्कर्ट लगाएर आउन भनेको छ । खासमा केही समय पहिले एक छात्रले स्कर्ट लगाएका कारण उनलाई स्कुलबाट निकालिएको थियो । त्यसपछि यो अभियान तीब्र भएको हो ।

    डेली मिररको एक रिपोर्टअनुसार एडिनबर्गको क्यासलभ्यु प्राइमरी स्कुलले छात्र र छात्रा दुवैलाई कक्षामा स्कर्ट लगाएर आउन भनेको छ । त्यसपछि सबै बालबालिकाहरुले वेयर अ स्कर्ट टु स्कुल अभियानमा भाग लिएका छन् । यो क्लोच्स ह्याभ नो जेन्टर अभियानकै एक हिस्सा हो । यो अभियान त्यतिबेला सुरु भएको थियो जब केही महिना पहिले १५ वर्षका स्कुले छात्रा मिकेर गोमेजलाई क्लासमा स्कर्ट लगाएकोमा स्कुलबाट निकालिएको थियो । अभियान सबैभन्दा पहिले स्पेनिस सहर बिलबाओमा लञ्च गरिएको थियो ।

    एडिनबर्ग लाइभको रिपोर्टअनुसार क्यासलभ्यु स्कुलका छात्रछात्राहरुको साथमा शिक्षकहरुले पनि स्कर्ट लगाउनेछन् । उनीहरुले मिकेल गोमेजको समर्थनमा रुढीवादी परम्परा तोड्नको लागि वेयर अ स्कर्ट टु स्कुल अभियानमा भाग लिने निर्णय गरेका हुन् । यस विषयमा स्कुलकी शिक्षिका मिस ह्वाइटले भनिन् ‘स्कुल रुढीवादी परम्परा तोड्ने दिशामा अघि बढिरहेको छ । आकीले वेयर अ स्कर्ट टु स्कुल डे आयोजना गरेका छौं । कसैलाई स्कर्ट लगाउन बाध्य पारिएको छैन ।’

    सम्बन्धित खवर