पाेखरामा दशैंका लागि दुई रुपैंयाँमै चिया !

पाेखरामा दशैंका लागि दुई रुपैंयाँमै चिया !

  • , 6.4K जनाले हेर्नुभयो
  • 6.4K
    SHARES

  • पाेखरामा दशैंका लागि दुई रुपैंयाँमै चिया !

    पोखरा : पोखराको बगरमा सञ्चालित चियादानी पसलले दशैंका लागि सस्ताेमा चिया बेच्न थालेकाे छ।

    साे पसलले आफ्ना ग्राहकलाई लक्षित गरि दशैंमा दुई रुपैंयाँमा चिया दिन थालेकाे हाे। तर चियाका लागि भने दुई रुपैंयाँकाे नोट नै चाहिने पसलले जनाएकाे छ।
    सिक्कालाई भने मान्यता नदिने जनाइएकाे छ। चिया बेच्नका लागि ल्याइएको याे अफरमा ग्राहककाे रूची देखिए पनि दुई रुपैंयाँकाे नाेट पाउन भने मुस्किल देखिएकाे छ।

    यो अफर दशैं समयअवधिसम्म मात्र हुनेछ ।
    ‘दुई रुपैयाँको चियामा समेत ग्राहकले ३५ रुपैयाँको मट्का चिया पाउनुहुनेछ’, चियादानीमा ४० भन्दा बढी प्रकारका चिया पाइन्छ ।
    पोखराको बगरबाट सुरु भएको चियादानीको आउटलेट चितवनमा र टाँडी सौराहा चोकमा पनि रहेकाे छ । निकट भविष्यमा नै देशका अन्य शहरमा समेत चियादानीको आउटलेट संचालनमा ल्याउने तयारीमा हामी रहेको छौ ।
    पछिल्लो समय दुई रुपैयाँको महत्व निकै बढ्दै गएको छ । पहिले छयापछ्याप्ती पाइने दुई रुपैयाँको नोट अहिले विरलै पाइन्छ । एकाद बाहेक धेरैले यो नोट देख्न नपाएको पनि वर्षौ भयो । सो नोटको संरक्षणका लागि चियादानीले दुई रुपैयाँमा चिया अफर ल्याएको हो ।

    सम्बन्धित खवर