प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका–९ लामाचौरका पूर्णप्रसाद कालाथोकी व्यावसायिक कागती खेतीमा रमाउदै”

प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका–९ लामाचौरका पूर्णप्रसाद कालाथोकी व्यावसायिक कागती खेतीमा रमाउदै”

  • , 3.3K जनाले हेर्नुभयो
  • 3.3K
    SHARES

  • प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका–९ लामाचौरका पूर्णप्रसाद कालाथोकी व्यावसायिक कागती खेतीमा रमाउदै”

    “प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका–९ लामाचौरका पूर्णप्रसाद कालाथोकी व्यावसायिक कागती खेतीमा रमाउदै”
    -देशमा कागतीको माग अत्यधिक रहेको माग अनुसार उत्पादन नहुदा बिदेशबाट अर्बौ रुपैयाँको कागती आयात भैरहेको छ। कागती स्वास्थ्यका लागि निकै लाभदायी फल नेपालमा बिदेशबाट अर्बौ कागती आयत गरेर उपभोग गर्नुपर्ने कारण यसको महत्वलाई विशेष ख्याल गरेर प्युठानमा व्यावसायिक कागती खेती हुँदै आएको छ ।

    जिल्लाको स्वर्गद्वारी नगरपालिका–९ लामाचौरका पूर्णप्रसाद कालाथोकीले पनि व्यावसायिक कागती खेती गर्दै आएका छन् । उनले माण्डवी गाउँपालिका–३ साजपानीमा चार वर्षदेखि कागती खेती गर्दै आएका हुन्। उनले माण्डवि कृषि तथा पशुपक्षी फर्म दर्ता गरि एकचालीस वर्षीय कालाथोकीले ३४ रोपनी जग्गामध्ये आधा क्षेत्रफलमा ३५० कागतीका बिरुवा लगाएका छन् । उनले लगाएकामध्ये केही कागतीले यस वर्षदेखि फलसमेत दिन शुरु गरेका छन् । कागती खेतीबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्यसहित कागतीका बिरुवा एक हजार लगाउने लक्ष्य कालाथोकीको रहेको छ । त्यस्तै कागती लगाएर बचेको बाँकी जमिनमा हलेदो, अदुवा लगाएको र दालचिनी लगाउने उनको योजना छ । अबको योजना कागती बिस्तार योजना र टिमुर खेती गर्न भएको उनले बताए।

    स्वदेशमै केही गर्नपर्छ भन्ने उद्देश्यले कागती खेती गरेको र यसले प्रतिफल पनि राम्रो दिने आशा गरेको उनले बताए । कागती खेती गर्नका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको थियो । वर्षमा एकपटक मलजल गरेर पुग्ने कागती खेती अन्य खेतीको तुलनामा सजिलो खेती हो । गाउँपालिकामार्फत एक घर एक धारा निर्माणको अभियानले सिँचाइका लागि एक धारा निर्माण गरिदिएपछि थप सहजता प्रदान गरेको छ । आगामी दिनमा कागती सिँचाइका लागि प्लाष्टिक पोखरी निर्माण गरी पानी सङ्कलन गर्ने योजना बनाएको समेत उनले बताए ।

    यस स्थानमा जग्गा खरिद र कागती खेतीसँगै अन्य कामका लागि करिब रु ५० लाख खर्च भइसकेको कालाथोकीले बताए । सडकदेखि टाढा रहेकाले उनले कागती खेतीसम्म पुग्नका लागि आफ्नै लगानीमा करिब ५०० मिटर सडकसमेत निर्माण गरेका छन् । आफूसँगै कागती खेतीको रेखदेख र स्याहारसुसारका लागि एक कर्मचारीसमेत राखेका छन् ।

    जिल्लामा परम्परागतरूपमा गरिँदै आएको कागती खेतीलाई पछिल्लो समय व्यावसायीकरण गरिएको छ । जिल्लाको ऐरावती गाउँपालिका, झिमरुक गाउँपालिका, प्युठान नगरपालिका, नौबहिनी गाउँपालिकाका केही क्षेत्रका किसानले पछिल्लो समय व्यावसायिकरूपमा कागती खेती गर्दै आएका छन् ।

    देशमा कम उत्पादन भएर आयात गरेर उपभोग गर्नु पर्ने अबस्थामा कागती लगायत यस्ता कृषि जन्य बस्तुमा सरकारले युवाहरूलाई कृषि उत्पादन गर्न प्रोत्साहन गर्नुपर्छ । कृषि प्रधान देश भनिए पनि अर्बौंको कृषिजन्य बिदेशबाट ल्याएर खानुपरेको अबस्था छ । अब राज्यको नितिदेखि ब्यबस्थापन पक्ष राम्रो भए मात्र कृषिबाट आर्थिक क्रान्ति संभावना छ छ,”उनको बुझाई छ।, “यहि कुरा मध्यनजर गरेर आफू कृषि पेसामा लागेको उहाँको भनाई छ ।,

    तस्बिरमा आफुले लगाएको व्यावसायिक कागती फर्ममा लटरम्म फलेको कागती सङ्गै रमाउदै उधमी पुर्णप्रसाद कालाथोकीका तस्बिरहरु।

    सम्बन्धित खवर