बार्सिलोनालाई एकपछि अर्को धक्का, दुई महत्वपुर्ण खेलाडी चोटग्रस्त

बार्सिलोनालाई एकपछि अर्को धक्का, दुई महत्वपुर्ण खेलाडी चोटग्रस्त

  • , 4K जनाले हेर्नुभयो
  • 4K
    SHARES

  • बार्सिलोनालाई एकपछि अर्को धक्का, दुई महत्वपुर्ण खेलाडी चोटग्रस्त

    स्पेनिश क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको पहिलो खेलमा बार्यन म्युनिखसँग ३–० को हार बेहोर्दै खराब शुरुवात गरेको छ ।

    क्लब इतिहासका सर्वश्रेष्ठ खेलाडी लियोनल मेस्सी पीएसजीमा गएको केही महिनामा नै अर्का स्टार एन्टोएन ग्रिजम्यान पनि पूर्व क्लब एट्लेटिको फर्किएपछि बार्सिलोना यस समय कमजोर टिमको रुपमा देखिएको छ ।
    क्लबमा अनुबन्ध भएका नयाँ खेलाडी अगुइरो चोटका कारण मैदानबाहिर छन् । यस्तैमा बार्सिलोनाका दुई महत्पुर्ण खेलाडी जोर्दी अल्बा र पेड्री गोञ्जालेज पनि चोटग्रस्त भएका छन् ।

    अल्बाले अन्तराष्ट्रिय खेलबाट फर्किदा नै चोट बोकेका थिए । रिपोर्टका अनुसार पेड्री दुई हप्ताका लागि मैदानबाहिर हुनेछन् ।
    खेलाडीको चोटका कारण बार्सिलोना टिममा यसबेला भरपर्दा खेलाडीको कमि देखिएको छ । मार्टिन ब्रेथ्वेट,सेर्जियो अगुइरो, डेम्बेले र युवा स्टार अंशु फाती पनि चोटका कारण लामो समयदेखी टिमबाहिर रहेका छन् ।
    टिममा भरपर्दा खेलाडी नहुनु र राम्रो प्रदर्शन गर्न नसक्नुले प्रशिक्षक रोनाल्ड कोम्यानमाथि दबाब बढेको छ ।

     

    सम्बन्धित खवर