असोज १ देखि पोखराका सबै विद्यालय खुल्ने

असोज १ देखि पोखराका सबै विद्यालय खुल्ने

  • , 6.4K जनाले हेर्नुभयो
  • 6.4K
    SHARES

  • असोज १ देखि पोखराका सबै विद्यालय खुल्ने

    पोखरा : पोखरा महानगरका सामुदायिक तथा संस्थागत विद्यालय खुल्ने भएको छ । पोखरा महानगरपालिका नगर शिक्षा समिति २८ भदौको बैठकको निर्णय अनुसार १ असोजदेखि विद्यालय खोल्न भनिएको छ ।
    विद्यालय सञ्चालन गर्दा कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्रांगण पूर्णरुपमा निर्मलीकरण गरेर मात्र सञ्चालन गर्न भनिएको छ ।
    विद्यार्थी धेरै भएका विद्यालयल भौतिक दूरी कायम गर्न जटिलता भएमा फरक दिन फरक कक्षा सञ्चालन गर्न सकिने बताइएको छ । विद्यालयमा मास्क, साबुन, पानी, सेनिटाइजर अनिवार्य गरिएको छ ।
    विद्यालयमा पठनपाठन भए पनि प्रार्थना, खेलकुद लगायत भिडभाड हुने कायृक्रम नगर्न महानगरद्वारा जारी सूचनामा भनिएको छ ।

    सम्बन्धित खवर