तनहुँमा : टिकटक बनाउने क्रममा सेती नदिमा खस्दा, नवदुलही बेपत्ता

तनहुँमा : टिकटक बनाउने क्रममा सेती नदिमा खस्दा, नवदुलही बेपत्ता

  • , 6.7K जनाले हेर्नुभयो
  • 6.7K
    SHARES

  • तनहुँमा : टिकटक  बनाउने क्रममा सेती नदिमा खस्दा, नवदुलही बेपत्ता

    दुलेगौँडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–८,पुलचोकस्थित रक गार्डेन (सेती नदि छेउ)मा टिकटक बनाउने क्रममा खस्दा नवदुलही बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा लालिम माइत भएकी १९ बर्षीया पवित्रा लम्साल रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

    पाँच दिन अघि विवाह गरेकी लम्साल दुह्रान फर्काउन माइत आएकी थिइन् । मंगलबार दिउँसो संगै पढ्ने आफ्ना दुई साथीहरुसंग घुम्नका लागि पुलचोक गएकी उनी साथीहरुसंग टिकटक बनाउने क्रममा अचानक चिप्लिएर बेपत्ता भएकी हुन् । उनी माथिल्लो काठको पुल छेउमा रहेको ढुङ्गामा उभिएकी र चिप्लिएर नदीमा खसेको उनका साथीहरुले बताएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

    नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । अहिले स्थानीय ,आफन्त र प्रहरीले लम्सालको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित खवर