गाँजा प्रतिबन्ध खुला हुनुपर्छ भन्दै अभियान चलाउँदै आएका राजीव काफ्लेबाट केही गाँजासमेत पक्राउ

गाँजा प्रतिबन्ध खुला हुनुपर्छ भन्दै अभियान चलाउँदै आएका राजीव काफ्लेबाट केही गाँजासमेत पक्राउ

  • , 6.5K जनाले हेर्नुभयो
  • 6.5K
    SHARES

  • गाँजा प्रतिबन्ध खुला हुनुपर्छ भन्दै अभियान चलाउँदै आएका राजीव  काफ्लेबाट केही गाँजासमेत पक्राउ
    काठमाडौं : ‘गाँजामाथिको प्रतिबन्ध खुला हुनुपर्छ’ भन्दै अभियान चलाउँदै आएका राजीव काफ्ले गृह मन्त्रायलयको निर्देशनमा पक्राउ परेका छन्।
    स्रोतका अनुसार गृह मन्त्रालयको लिखित निर्देशनमा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काफ्लेलाई पक्राउ गरेको हो। मंगलबार बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको ब्युरो स्रोतले जनाएको छ। ब्यूरो स्रोतले काफ्लेबाट केही गाँजासमेत बरामद भएको दाबी गरेको छ।
    काफ्ले एचआइभी संक्रमितहरुका लागि काम गर्दै आएको नवजीवन प्लस संस्थाका सञ्चालक हुन्। पूर्वलागूऔषध प्रयोगकर्ता र एचआइभी संक्रमितहरुका लागि आवाज उठाउँदै आएका उनले पछिल्लो समय गाँजामाथिको प्रतिबन्ध फुकुवा गरिनुपर्ने र गाँजालाई वैधानिक रुपमा उत्पादन गरिनुपर्ने अभियान चलाउँदै आएका थिए।
    उनले यस्तो अभियान चलाएपछि प्रहरीले त्यसो नगर्न ‘आग्रह गरेको’ तर नमानेपछि पक्राउ गरिएको दाबी ब्यूरो स्रोतले गरेको छ।
    पक्राउ परेका काफ्लेलाई अदालतबाट अनुमति लिएर अनुसन्धान अघि बढाइएको ब्यूरो स्रोतले जनाएको छ।
    गाँजाको उत्पादनलाई वैध गर्नुपर्ने माग सहित एमालेका सांसद शेरबहादुर तामाङले प्रतिनिधि सभामा निजी विधेयकका रुपमा छुट्टै विधेयक नै दर्ता गराइसकेका छन्।

    सम्बन्धित खवर