गुल्मीमा नेकपा एमालेका नेताद्वय ज्ञवाली र विष्टको पूर्ण पकड बलियो

गुल्मीमा नेकपा एमालेका नेताद्वय ज्ञवाली र विष्टको पूर्ण पकड बलियो

  • , 5.4K जनाले हेर्नुभयो
  • 5.4K
    SHARES

  • गुल्मीमा नेकपा एमालेका नेताद्वय ज्ञवाली र विष्टको पूर्ण पकड बलियो

    नेकपा (एमाले) विगठन पश्चात गुल्मीमा नेकपा (एमाले) नेताद्वय प्रदिप ज्ञवाली र गोकर्ण विष्टको पकड बलियो देखिएको छ।

    ‘यो इस्मामा एमाले छ, म छु र म जस्ता धेरै एमालेहरु छन्। तर, गुटका नाममा यहाँ अरु कोही छिर्न पाउने छैन्।’, यो भनाई थियो नेकपा एमालेका सचिव गोकर्णराज विष्टको।

    एमाले नफुट्नु अघिको केहि महिना पहिले गृह जिल्ला गुल्मी आएका उनले आफ्नै गाउँ इस्मा गाउँपालिका-४, दोहलीको एक कार्यक्रममा त्यस्तो अभिव्यक्ति दिएका थिए।

    जति बेला इस्मा सहित तमाम स्थानमा ओली समूहले धमाधम समानान्तर कमिटि गठन गर्दै थियो र उसले गोकर्णराज विष्टको विकल्पका रुपमा केन्द्रीय सदस्यमा इस्मा कै राजेन्द्र अर्याललाई चयन समेत गरिसकेको थियो।

    तर नेता विष्ट माधव समूहको समानान्तर कमिटी गठनको पक्षमा देखिएका थिएनन्। त्यस ताका दुवै पक्षले सदरमुकाम तम्घासमा युवाहरु उतारेर शक्ति प्रदर्शन पनि गरेका थिए।

    ओली समुहका युवाहरुको भेलालाई नेता प्रदिपकुमार ज्ञवालीले सम्बोधन गरेका थिए भने माधव समुहका युवाहरुको भेलामा गोकर्णराज विष्टले सम्बोधन गरेका थिए।

    भेलामा नेता विष्टले ओली प्रवृत्तिको चर्को विरो’ध गरे पनि नेकपा एमाले फुट्न नदिने कुरा मै जोड दिएका थिए। त्यस्तै अर्का नेता ज्ञवालीले ओली र उनी नेतृत्वको सरकारको बचाउ गरेका थिए।

    तर अहिले दुवै नेताहरु नेकपा एमाले मै रहेका छन् र माधव समूहले नेकपा (एकिकृत समाजवादी) नामको बेग्लै पार्टी खोले पनि गुल्मीमा हाल सम्म रामकुमारी झाँक्री बाहेक अर्को कुनै एमाले नेता वा कार्यकर्ता नेकपा (एकिकृत समाजवादी)मा खुल्न सकेका छैनन्।

    जिल्ला निर्वाचन अधिकारी माया कुँवरका अनुसार शुक्रबार सम्म एमालेबाट विजयी भएका स्थानीय तहका एक जना पनि जनप्रतिनिधी नेकपा समाजवादी रोज्न, सना’खत गर्न आएका छैनन्।

    यस हिसाबले गुल्मीमा नेकपा एमाले उनै दुई नेता ज्ञवाली र विष्टको पूर्ण पकड मै छ भन्ने बुझ्न सकिन्छ।

    तर हिजो माधव समुहमा रहेका एमाले नेता तथा कार्यकर्ताहरु अहिले पनि ओली प्रवृत्ति वि’रुद्ध रु-ष्ट छन तर हिजो जस्तो त्यो रुष्टता अहिले बाहिर ल्याउन सकेका छैनन्।

    उनीहरु उकुसमुकुस र दोधारमा रहेको बुझ्न सकिन्छ।

    जनप्रतिनिधिका हिसाबले एमालेमय गुल्मी

    जिल्ला निर्वाचन अधिकारी माया कुँवरले दिएको विवरण अनुसार गुल्मीका २ नगरपालिका र १० गाउँपालिका सहित १२ वटा पालिकाहरु मध्ये ७ वटा पालिका प्रमुखमा एमालेका नेताहरु छन्। १० जना उपप्रमुख छन्।

    उनका अनुसार इस्मा गाउँपालिकामा‌ प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य २५ सहित २७ जना एमालेबाट विजयी जनप्रतिनिधी छन्। चन्द्रकोट गाउँपालिकामा एक जना उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य २५ सहित २६ जना एमालेका जनप्रतिनिधी रहेका छन्।

    वडाध्यक्ष र वडा सदस्य २ सय ९७ जना सहित ३ सय १४ जना नेकपा एमालेका स्थानीय जनप्रतिनिधीहरु रहेका छन्। जिल्ला निर्वाचन अधिकारी कुँवर भन्छिन, ‘ति मध्ये एक जना पनि दल रोज्न आउनु भएको छैन्।’

    छत्रकोट गाउँपालिकामा प्रमुख, उपप्रमुख , वडाध्यक्ष र वडा सदस्य १८ सहित २० जना रहेका छन्। मदाने गाउँपालिकामा प्रमुख , उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य ३० सहित ३२ जना रहेका छन्।

    मालिका गाउँपालिकामा पनि प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य सहित ३२ जना रहेका छन्।

    मुसिकोट नगरपालिकामा पनि दुवै प्रमुख पद सहित ४२ जना जनप्रतिनिधी नेकपा एमालेबाट विजयी भएका हुन्। रुरुक्षेत्र गाउँपालिकामा पनि दुवै प्रमुख पद सहित ४२ जना जनप्रतिनिधीहरु नेकपा एमालेका छन्।

    रेसुङ्गा नगरपालिकामा पनि दुवै प्रमुख पद सहित २७ जना जनप्रतिनिधिहरु रहेका छन्।

    सत्यवती गाउँपालिकामा उपप्रमुख सहित एमालेका ३१ जना जनप्रतिनिधीहरु नेकपा एमालेबाट विजयी भएका छन्। प्रतिनिधी सभामा पनि दुवै क्षेत्रबाट क्रमशः प्रदिपकुमार ज्ञवाली र गोकर्णराज विष्ट नेकपा एमालेबाटै विजयी भएका हुन्।

    क्षेत्र नम्बर १ को ‘ख’ प्रदेशबाट एमाले नेता कमलराज श्रेष्ठ र क्षेत्र नम्बर २ को ‘क’ पदेशबाट पनि एमाले कै खड्क केसी प्रदेश सभामा विजयी भएका थिए।

    क्षेत्र नम्बर १ को ‘क’ प्रदेशबाट सुदर्शन बराल र क्षेत्र नम्बर २ को ‘ख’ प्रदेशबाट माओवादीबाटै दिनेश पन्थी विजयी भए पनि एमालेमा प्रवेश गरेका पन्थीको पद माओवादी केन्द्रले का’र्वाही गरेर खोसिएको थियो। यो समाचार ग्लोबल आवाज डटकमबाट साभार गरिएको हो।
    -रासस

     

    सम्बन्धित खवर