आदिवासी जनजातिहरुको चार्ड पर्वको विदा कटौती गर्ने तर दशैको विदा यथावत राख्ने सरकारको तयारि,

आदिवासी जनजातिहरुको चार्ड पर्वको विदा कटौती गर्ने तर दशैको विदा यथावत राख्ने सरकारको तयारि,

  • , 3.8K जनाले हेर्नुभयो
  • 3.8K
    SHARES

  • आदिवासी जनजातिहरुको चार्ड पर्वको विदा कटौती गर्ने तर दशैको विदा यथावत राख्ने सरकारको तयारि,

    चैत १५ काठमाडौं –  आदिवासी जनजाती समुदाय ‘शेर्पा, तामाङ र गुरुङहरुको ल्होसार, किरातीहरुको उधौली उभौली, थारु र मगरहरुको माघी पर्वको दिन दिइदै आएको सार्वजनिक विदा सरकारले कटौती गर्ने भएको छ ’नेपाल आदिवासी जनजाति महासंघका  अध्यक्ष जगत बरामले भने, ‘हामीले यो विषयमा गृहमन्त्री (रामबहादुर थापा बादल)सँग सोध्यौ, उहाँहले प्रधानमन्त्रीसँग नै भेट्नुस भनेर सुझाव दिनुभयो । प्रधानमन्त्रीसँग भेट्नका लागि पटक पटक समय माग्यौ तर हामीलाई समय नै दिइएन ।’

    सरकारको यो तयारी संगै आदिवासी जनजाती समुदायले आफ्नो चार्ड पर्व मनाउदा विदा नपाउने लगभग पक्का देखिएको छ उता हिन्दुहरुको चार्ड दशैमा भने विगत लामो समयदेखि १ महिना भन्दा बढी समय सार्वजानिक विदा दिईदै आएको छ त्यहि कुरालाई राज्यले अहिले पनि निरन्तरता दिइने बुझिएको छ l संविधान मा सुचिबद्द गरिएको समावेशिताको सवाल सवै जाति विशेस धर्म समुदाय वर्ग लिङ्ग विशेष लाई विभेद गर्न नपाइने र सवैको अस्तित्व लाई बराबरी हैसियत र स्थान दिईने भनेर दर्ज गरिएको छ यद्दपी सरकारको यो निर्णय भने आफैले जारि गरेको संविधानको खिलापमा रहेको अध्यक्ष वरामको जिकिर छ l

    प्रधानमन्त्री केपी ओलीसँग भेटेर सार्वजनिक विदा कटौतीदेखि लिएर गाई गोरु खाएको अभियोगमा मुद्दा चलाइएको विषयसम्म उठाउने तयारी गरिएको भए पनि आदिवासी जनजातिका लागि समय नदिइएको अध्यक्ष वारामको गुनासो छ ।

    आज बिहीबार बिहान ८ बजे विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुसँग आकस्मिक बैठक राखिएको उनले बताए l

    आकस्मिक बैठकमा मुख्य गरी समुदायगत विदा कटौती, गाई प्रकरण र युरोपियन युनियनको विषयमा छलफल गरी निर्णय लिइनेछ ।
    ‘युरोपियन युनियनको विषयमा हामीले उसलाई समर्थन गरेका थियौ तर सरकारले हामीलाई विपक्षी बनाएको छ,’ बरामले भने, ‘गाई गोरु खाएको अभियोगमा अहिले पनि हेटौडादेखि पूर्वको संखुवासभा लगायत ठाउँमा हाम्रा मान्छेहरुलाई पक्रने र मुद्दा चलाउने काम भइरहेको छ । बैठकमा यी विषयमा पनि कुराकानी हुनेछ ।’

    सम्बन्धित खवर