पाल्पामा घर भत्किँदा एक बालिकाको मृत्यु

पाल्पामा घर भत्किँदा एक बालिकाको मृत्यु

  • , 1.5K जनाले हेर्नुभयो
  • 1.5K
    SHARES

  • पाल्पामा घर भत्किँदा एक बालिकाको मृत्यु

    पाल्पा : लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ ।

    सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको थियो । गम्भीर घाइते बालिकाको अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।

    सम्बन्धित खवर