फेरि फर्कियो जोकर भाइरस, हुनसक्छ तपाईंको बैंक खाता रित्तो, कसरी हुन्न्छ यस्ताे ?

फेरि फर्कियो जोकर भाइरस, हुनसक्छ तपाईंको बैंक खाता रित्तो, कसरी हुन्न्छ यस्ताे ?

  • , 5.7K जनाले हेर्नुभयो
  • 5.7K
    SHARES

  • फेरि फर्कियो जोकर भाइरस, हुनसक्छ तपाईंको बैंक खाता रित्तो,  कसरी हुन्न्छ यस्ताे ?

    गुगल प्ले स्टोरका एपहरुमा लुकेर एन्ड्रोइड डिभाइसमा आक्रमण गर्ने जोकर भाइरस फेरि फर्किएको बेल्जियन प्रहरीले जनाएको छ । यो भाइरसले कुनै सूचना नै नमिल्ने गरी विभिन्न भुक्तानी तथा बैंक खाता रित्तो पार्न सक्षम भएको प्रहरीको भनाइ छ ।

    बेल्जियन प्रहरीले शुक्रबार आफ्नो वेबसाइटमा जनाएअनुसार प्ले स्टोरका आठवटा एपमा यस्तो भाइरस देखिएपछि गुगलले निष्क्रिय पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम इन्टरप्रेनर डटकमले जनाएको छ ।
    जोकर भाइरस पहिलो पटक सन् २०१७ मा देखापरेको थियो । यसले अलगअलग एपमा लुकेर सफ्टवेयरमा असर गर्ने र बैंक खातामा रकम निकाल्ने गरेको थियो । त्यसपछि गुगल प्ले स्टोरबाट जोकर भाइरस लुकेका १७ सय एपहरु हटाइएको थियो ।
    सेप्टेम्बर २०२० मा २४ एन्ड्रोइड एपमा जोकर भाइरस फेला परेको थियो । ती एपहरु प्ले स्टोरबाट हटाउनुअघि ५ लाख पटक डाउनलोड गरिएको थियो । त्यतिबेला अमेरिका, ब्राजिल र स्पेनसहित ३० वटा देश अत्यधिक प्रभावित भएका थिए ।

    ह्याकरले प्रतिव्यक्तिबाट प्रत्येक साता ७ डलर चोर्ने गरेको पाइएको थियो, जुन पछिल्लो समय बढेको बताइएको छ । सानो सानो रकम चोरी गर्ने भएकाले पनि आफ्नो खाताको विस्तृत विवरण नहेरी वास्तविक धनीले सहजै थाहा पाउँदैनन् ।
    जोकर भाइरस भएपछि गुगल प्ले स्टोरले एक्ज्युलरी म्यासेज, इलिमेन्ट स्क्यानर, फास्ट म्याजिक एसएमएस, फ्रि क्यामस्क्यानर, गो मेसेज, सुपर मेसेज, सुपर एसएमएस, ट्राभल वालपेपर्सलगायत एपहरु हटाएको थियो ।
    अन्य एपमा पनि यस्तो भाइरस पनि हुनसक्ने र कतिपयले यस्तो भाइरसयुक्त एप चलाइरहेको हुनसक्ने पनि चेतावनी दिइएको छ ।

    सम्बन्धित खवर