लागुऔषध मामलामा कलाकारमाथि सोधपुछको तयारी

लागुऔषध मामलामा कलाकारमाथि सोधपुछको तयारी

  • , 5.4K जनाले हेर्नुभयो
  • 5.4K
    SHARES

  • लागुऔषध मामलामा कलाकारमाथि सोधपुछको तयारी

    मुम्बई(एबीपी लाइभ) : प्रवर्तन निर्देशालय(इडी)ले चार वर्ष पुरानो लागुऔषध मामलालाई ब्युताउँदै अभिनेत्री रकुल प्रीत सिंह, अभिनेता राणा दग्गुबातीरवि तेजासहित टलिउडका १२ अभिनेता र निर्देशकलाई सोधपुछको लागि बोलाएको छ ।

    इडीका एक अधिकारीले वित्तीय जांच एजेन्सीले रकुल प्रीत, दग्गुबाती, तेजा, पुरी जगन्नाथ, चार्ममे कौर र मुमैथ खानसहित अन्यलाई अलग अलग किसिमले सोधपुछका लागि बोलाएको पुष्टि गरे ।

    एजेन्सीले जग्गनाथलाई ३१ अगष्टमा उपस्थित हुन भनेको छ । त्यस्तै रकुललाई सेप्टेम्बर ६, दग्गुबाती र तेजालाई क्रमशः ८ र ९ सेप्टेम्बरमा आफू समक्ष उपस्थित हुन भनेको छ ।

    एजेन्सीले सन् २०१७ मा तेलंगानामा भएको एक उच्चस्तरको लागुऔषध मामलामा दर्ता भएको एक उजुरीमाथि अनुसन्धानको जिम्मा लिएको थियो ।

    सम्बन्धित खवर