राष्ट्रपति भण्डारीले गरिन् जनताको मनमुटु छुने काम।

राष्ट्रपति भण्डारीले गरिन् जनताको मनमुटु छुने काम।

  • , 8K जनाले हेर्नुभयो
  • 8K
    SHARES

  • राष्ट्रपति भण्डारीले गरिन् जनताको मनमुटु छुने काम। President Bidya Devi Bhandari signs

    राष्ट्रपति विद्यादेवी भण्डारीले सयौं नारी र बच्चाको ज्यान जोगाएकी छन् ।राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरी, गर्भवतीलाई निशुल्क उद्धार गर्ने व्यवस्था गरेर राष्ट्रपति भण्डारीले ज्यान जोगाएकी छन् ।
    आइतवारमात्रै अछामबाट एकै दिन दुई गर्भवती महिलाको उद्धार गरिएको छ ।गर्भवती महिलाको स्वास्थ्य अवस्था जलिट भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
    साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्देश्वरका २४ वर्षीया नेमिका कुँवर र चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका २६ वर्षीया जनक विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए ।

    राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरी, गर्भवतीलाई निशुल्क उद्धार गर्ने व्यवस्था सरकारले गर्दै आएको छ ।अछाममा २०७६ सालदेखि हालसम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत १७ जना महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रजिअ मल्लले जानकारी दिए ।
    बयालपाटा अस्पताल र जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

    सम्बन्धित खवर