पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने दुई प्रहरी निलम्बित

पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने दुई प्रहरी निलम्बित

  • , 4.8K जनाले हेर्नुभयो
  • 4.8K
    SHARES

  • पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने दुई  प्रहरी निलम्बित

    लागु औषध प्रयोग गरी पत्रकारलाई सुनियोजित तवरले फसाउन खोज्ने दुई प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत असई उदय यादव र प्रहरी जवान मनोज साह निलम्बनमा परेका हुन् ।
    निलम्बन अघि घटनाको सूक्ष्म अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले २ नम्बर प्रदेश कार्यालयलाई निर्देशन दिएको थियो ।
    असई यादव र प्रहरी जवान जिप्रका रौतहटका घुमुवा हुन् । साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत खटिएका दुई घुमुवा प्रहरीको योजनामा मोहम्मद मोजिबुल्लाह र शेख अतिउल्लाह सवार बिआर ३० एस–१८८७ नम्बरको मोटरसाइकलमा लागू औषध नाइट्रोभेटका १५० ट्याब्लेट राखिएको थियो ।प्रहरीले घटनामा संलग्न धिरज र जितेशकुमारलाई पनि पक्राउ गरेको छ । उनीहरूविरुद्ध अनुसन्धानका लागि ६ दिनको म्यादसमेत थप भएको छ ।

    प्रदेश २ को प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उमेश रञ्जितकाले घटनामा संलग्न दुई प्रहरीमाथि पनि अनुसन्धान गर्नुपर्ने भएकाले निलम्बन गरिएको बताए । ‘लागु औषधसहित पत्रकार पक्राउ परेको घटनामा हामीले अनुसन्धान ग¥यौँ । यही क्रममा सिसिटिभी फुटेजको अध्ययन पनि भयो । फुटेजमा दुई प्रहरी पनि सहभागी भएको देखिएपछि दुवैलाई निलम्बन गरेका छौँ, अब निष्पक्ष छानबिन हुन्छ । दोषीमाथि कारबाही हुन्छ,’ उनले भने ।
    मोजिबुल्लाह भने होटेलभित्र खाजा खान छिरेका थिए । लागु औषध राखेलगत्तै उनीहरूले नै प्रहरीलाई खबर गरेका थिए । घटनाको पाँच दिनपछि होटेलको सिसिटिभी फुटेज सार्वजनिक भएपछि मात्र प्रहरीकै मिलेमतोमा मोजिबुल्लाहलाई फसाइएको तथ्य सार्वजनिक भएको थियो ।

    सम्बन्धित खवर