इन्धनको मूल्यवृद्धि भन्न्दै जनकपुरमा प्रदर्शन

इन्धनको मूल्यवृद्धि भन्न्दै जनकपुरमा प्रदर्शन

  • , 4.8K जनाले हेर्नुभयो
  • 4.8K
    SHARES

  • इन्धनको मूल्यवृद्धि  भन्न्दै जनकपुरमा प्रदर्शन

    जनकपुरधाम : इन्धनमा गरिएको मूल्यवृद्धि विरूद्ध राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका छन् ।
    आज विहान जनकपुरको शिव चोकमा युवा संघका कार्यकर्ताले टायर बालेर मुल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका हुन् । शेरबहादुर देउवा सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शनकारीले मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
    संघका केन्द्रीय सदस्य मुन्जय राउतले कोरोना कालमा जनतालाई सहुलियत दिनुको सट्टा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मुल्य बढाएकाले आन्दोलन गर्नुपरेको बताए ।
    सोमबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २-२ रुपैयाँ एवं ग्यास प्रति सिलिण्डर २५ रुपैयाँले बढाएको छ ।

    सम्बन्धित खवर