नारायणी नदीमा हामफालेर पुरुष बेपत्ता, नागरिकता भेटियो शव भेटिएन ।

नारायणी नदीमा हामफालेर पुरुष बेपत्ता, नागरिकता भेटियो शव भेटिएन ।

  • , 9.5K जनाले हेर्नुभयो
  • 9.5K
    SHARES

  • नारायणी नदीमा हामफालेर पुरुष बेपत्ता, नागरिकता भेटियो शव भेटिएन ।

    चितवन : नारायणी नदीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन् । आज बिहान करिब ७ बजे पुलबाट नदीमा हामफालेका हुन् ।
    पुलमा भेटिएको झोलाभित्र रहेको नागरिताको आधारमा प्रहरीले हामफाल्ने व्यक्ति दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–४ का ४५ वर्षीय अन्तुल प्रसाद गुप्ता हुन सक्ने अनुमान गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले नारायणी नदीमा कुनै व्यक्तिले हामफालेको खबर आउना साथ प्रहरी टोलीले खोजतलास गरिरहेको जानकारी दिए ।
    “पुलमाथि एउटा झोलाभित्र नागरिकताको फोटोकपी गुप्ताको थियो,” उनले भने तर, हामफाल्ने व्यक्ति उनी नै हुन् या होइनन् भन्ने यकिन गर्न चाहिँ मिल्दैन ।

    सम्बन्धित खवर