झापामा ८ महिने शिशुसहित झुन्डिएको अवस्थामा भेटिए एक दम्पती

झापामा ८ महिने शिशुसहित झुन्डिएको अवस्थामा भेटिए एक दम्पती

  • , 5K जनाले हेर्नुभयो
  • 5K
    SHARES

  • झापामा ८ महिने शिशुसहित झुन्डिएको अवस्थामा भेटिए एक दम्पती

    काँकडभिट्टा : झापामा झुण्डिएको अवस्थामा ८ महिने शिशुसहित दम्पतीको शव फेला परेको छ । कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।प्रहरी नायब निरीक्षक जिम्बाले उनीहरु १० दिनअघि कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा थिए ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राकेश थापाले घरको भित्रबाट ताला लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको बताए । शिशुको घाँटीमा डोरी बाँधेको अवस्थामा शव भेटिएको उनले बताए ।

    प्रहरीले घटना प्रकृति हेर्दा झुन्डिएर आत्महत्या गरेको देखिएको जनाएको छ । ‘घटनाको थप अनुसन्धान भइरहेको छ,’ डीएसपी थापाले भने ।

    रविन मान्छे विदेश पठाउने एजेण्ट थिए । कोरोना महामारीपछि उनको व्यवहार बिग्रिएको र त्यही पीडाले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

     

    सम्बन्धित खवर