अफगानिस्तान द्वन्द्व: उद्धारमा खटिएको अमेरिकी विमानमा शिशुको जन्म

अफगानिस्तान द्वन्द्व: उद्धारमा खटिएको अमेरिकी विमानमा शिशुको जन्म

  • , 4.8K जनाले हेर्नुभयो
  • 4.8K
    SHARES

  • अफगानिस्तान द्वन्द्व: उद्धारमा खटिएको अमेरिकी विमानमा शिशुको जन्म

    अफगानिस्तानबाट जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगान महिलाले बच्चा जन्माएकी छिन् ।
    आइतबार यूएस एयर मोबिलिटी कमान्डले ट्वीटरमा यसको जानकारी दिँदै एउटा थ्रेड पोस्ट गरेको छ जसमा महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट जर्मनीको यात्रा गरिरहेका बेला बच्चा जन्माएको जानकारी दिइएको छ ।

    महिलाको स्थिति बिग्रँदै गएपछि विमानका कमान्डरले विमानमा हावाको दबाब बढाउनका लागि कम उडान भरे । उनकी आमाले जीवन रक्षामा मद्दत गरिन् तत्पश्चात् उनको स्थितिमा सुधार आयो ।
    जब विमान अवतरण भयो तब अमेरिकी सैन्य डाक्टर त्यसमा सवार भए र बच्चा जन्माउन मद्दत गरे । आमा र बच्चा दुबै खतरा भन्दा बाहिर छन् र उनलाई नजिकैको अस्पतालमा लगिएको छ ।

    सम्बन्धित खवर