शिव र भुवन १६ वर्षपछि पर्दामा एकसाथ, कस्तो बन्ला फिल्म ?

शिव र भुवन १६ वर्षपछि पर्दामा एकसाथ, कस्तो बन्ला फिल्म ?

  • , 5.8K जनाले हेर्नुभयो
  • 5.8K
    SHARES

  • शिव र भुवन १६ वर्षपछि पर्दामा एकसाथ, कस्तो बन्ला फिल्म ?

    एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका दुई सुपरस्टार शिव श्रेष्ठ र भुवन केसीलाई १६ वर्षपछि एकसाथ पर्दामा हेर्न पाइने भएको छ।

    २००५ मा रिलिज भएको सुपरहिट फिल्म ‘राजु राजा राम’ पछि उनीहरुले सँगै काम गरेका थिएनन् । १६ वर्षपछि शोभितले नै फिल्म ‘डाँडाको बर पीपल’ मा उनीहरुलाई एकसाथ अभिनय गराउन लागेका हुन् ।

    यो फिल्ममा यसअघि नै शिव श्रेष्ठ अनुबन्ध भइसकेका थिए ।  फिचर गीत समेत सार्वजनिक भइसकेको छ । भुवनसँग शनिवार निर्माण टिमको कागजी सम्झौता भएको हो ।

    फिल्मभर शिव र भुवनलाई एकसाथ देख्न पाइने शोभित बताउँछन् । उनले भने- ‘चरित्र फरक भए पनि दुवैलाई फिल्ममा सँगै देख्न पाइनेछ । १६ वर्षपछि फेरि उहाँहरुलाई एकसाथ निर्देशन गर्न उत्साहित छु ।’

    भदौ ५ गते चित्लाङबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । कोरोनाको दोस्रो लहरभन्दा अगाडि फिल्मको मुहूर्त गर्दै छायांकन सुरु गरिएको थियो । तर, गीतको छायांकन हुँदाहुँदै नि-षेधाज्ञा जारी भयो । ६० दिनभित्र फिल्मको छायांकन पूरा गर्ने निर्माण टिमको लक्ष्य छ ।

    नवराज गिरी निर्माता रहेको फिल्ममा गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा र राजिव जंग बस्नेतको पनि मुख्य भूमिका रहनेछ ।

    शान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रामकाजी घिमिरेको लेखन, शिव मुखिया/एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको द्व न्द्व, गोविन्द राईको नृत्य र नवराज गिरीको शब्द रहेको छ ।

    सम्बन्धित खवर