कट्रीना र विक्की कौशलको इन्गेज्मेन्ट !

कट्रीना र विक्की कौशलको इन्गेज्मेन्ट !

  • , 8K जनाले हेर्नुभयो
  • 8K
    SHARES

  • कट्रीना र विक्की कौशलको इन्गेज्मेन्ट !

    मुम्बई : पछिल्लो समय विभिन्न बलिउड जोडि वैवाहिक जीवनमा गाँसिंदैछन् भने धेरैले वैवाहिक जीवनमा बाँधिने निश्चित गरेका छन् । अहिले आएर अभिनेत्री कट्रीना कैफ तथा अभिनेता विक्की कौशलले इन्गेज्मेन्ट गरेको खबर सार्वजनिक भएको छ । बलिउडमा अहिले उक्त कुराको चर्चा चुलिएको छ ।

    अहिले इन्गेज्मेन्टको खबरको औपचारिक घोषणा गरिएको छैन । भाइरल भयानीको इन्स्टाग्राम ह्यान्डलमा एउटा पोस्ट शेयर गरिएको छ, जसमा इन्गेज्मेन्टको हल्ला मात्र हो भनिएको छ । दुबैले विवाह गर्ने निश्चित गरेको हो, तर आधिकारिक घोषणाको प्रतिक्षा रहेको छ ।

    त्यो समयका लागि कट्ररीना र विक्कीको इन्गेजमेन्ट भएको कुरामा सत्यता छ कि छैन भन्ने कुरा आधिकारिक घोषणापछि नै थाहा हुनेछ । त्यसो त भिरानीले इन्स्टाग्राम पोस्ट डिलीट गरेका छन् । समय–समयमा कट्रीना र विक्कीको प्रेम सम्बन्धको चर्चा भइरहन्छ । तर दुबैले आफ्नो सम्बन्धको बारेमा अहिलेसम्म केही बोलेका छैनन् । विक्की र कट्रीनालाई प्राय: संगै देखिन्छ । धेरै पटक विक्कीलाई कट्रीनाको घर बाहिर पनि देखिएको छ ।

    सम्बन्धित खवर