घरमाथिबाट आएको पहिरोमा चार जना बेपत्ता

घरमाथिबाट आएको पहिरोमा चार जना बेपत्ता

  • , 4.7K जनाले हेर्नुभयो
  • 4.7K
    SHARES

  • घरमाथिबाट आएको पहिरोमा चार जना बेपत्ता

    रसुवा : घरमाथिबाट आएको पहिराेका कारण दक्षिणी रसुवाको कोलडाँडामा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिरोले नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा गए राति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका छन् ।

    गलान भने घाइते अवस्थामा भेट्टिएकाले उपचारार्थ नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ । सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिण दूरी पर ठूलोभोर्ले र धुसेनी गाउँको बिच भागमा उक्त घटना भएको हो ।
    बेपत्ता रहेकाको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकिएको तथा घटनाको विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए । रासस

    सम्बन्धित खवर