२१ वर्षको उमेरमा १२ वर्ष जेठी अमृतासँग विवाह गरेका सैफ अली खानले सम्बन्धविच्छेदपछि भने, ‘संसारकै नराम्रो चीज’

२१ वर्षको उमेरमा १२ वर्ष जेठी अमृतासँग विवाह गरेका सैफ अली खानले सम्बन्धविच्छेदपछि भने, ‘संसारकै नराम्रो चीज’

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • २१ वर्षको उमेरमा १२ वर्ष जेठी अमृतासँग विवाह गरेका सैफ अली खानले सम्बन्धविच्छेदपछि भने, ‘संसारकै नराम्रो चीज’

    बलिउड अभिनेता सैफ अली खान आज ५१ औं जन्मदिन मनाइरहेका छन् । उनले ५१ औं जन्मदिन मनाइरहँदा जीवनका केही रोचक तथ्यहरु सार्वजनिक भएका छन् । आफूभन्दा १२ वर्ष जेठी अभिनेत्री अमृता सिंहसँग विवाह गरे । उनको विवाहको निर्णयले धेरैलाई आश्चर्यमा पारेको थियो । तर, उनीहरुको विवाह सधैँलाई टिक्न सकेन र सन् २००४ मा सम्बन्धविच्छेद भयो ।

    सैफ अलीले अमृतासँग सम्बन्धविच्छेद भएको विषयमा लामो समयसम्म केही बोलेनन् । उनले सम्बन्धविच्छेद भएको १६ वर्षपछि अन्तरवार्ता दिने क्रममा उनले सम्बन्धविच्छेदको बारेमा खुलेर बताएका थिए । उनले छोरी सारा र छोरा इब्राहिमलाई सम्बन्धविच्छेदको बारेमा जानकारी गराउँदा नराम्रो लागेको बताए । उनले भने, ‘ सारा र इब्राहिमलाई सम्बन्धविच्छेदको बारेमा भन्नु मेरो लागि संसारकै सबैभन्दा नराम्रो कुरा थियो । यस्तो पीडादायी क्षण थियो त्यो जुन पल आजसम्म पनि म भुल्न सक्दिन ।’

    उनले सम्बन्धविच्छेदको घटनालाई सम्झिँदै त्यस पलले उनलाई कहिल्यै शान्ति नदिएको बताए । उनले भने, ‘ विवाह गर्ने समयमा म २१ वर्षको थिए । अमृता म भन्दा १२ वर्ष जेठी थिइन् । मातापिता पनि विवाहको विरोधमा हुनुहुन्थ्यो ।’

    सैफ र अमृताले सन् १९९१ मा विवाह गरेका थिए ।

    सम्बन्धित खवर