सुनसरीमा गए राति भीषण आगलागीबाट ४ जनाको ८ वटा पसल जलेर नष्ट

सुनसरीमा गए राति भीषण आगलागीबाट ४ जनाको ८ वटा पसल जलेर नष्ट

  • , 5.2K जनाले हेर्नुभयो
  • 5.2K
    SHARES

  • सुनसरीमा गए राति भीषण आगलागीबाट ४ जनाको ८ वटा पसल जलेर नष्ट

    सुनसरी : सुनसरीको धरान–२ स्थित घण्टा घरको पछाडि गए राति भीषण आगलागी भएको छ। स्थानीयवासी सुरेन्द्र राईको घरमा आगलागी भएको हो।
    आगलागीमा परेर खुसी मगरको कस्मेटिक तथा रेडिमेड कपडा पसल, मनिता साहको रेडिमेड कपडा पसल, सति राईको कस्मेटिक तथा रेडिमेड कपडा पसल, कोपिला श्रेष्ठको कस्मेटिक तथा रेडिमेड कपडा पसल र विनय लिम्बूको होटल पूर्णरूपले जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। आगलागीका कारण  क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। धरान उपमहानगरपालिकाबाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो। आगलागीका कारणले राईको घरमा भाडा लिएर व्यवसाय गर्दै आएका चार जनाको आठवटा पसल जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

    सम्बन्धित खवर