प्रेम विवाह असफल भएपछि आत्महत्या गरेकी ज्योतीका माइतीद्वारा केटापक्ष कृष्ण विरुद्ध मुद्दा दायर

प्रेम विवाह असफल भएपछि आत्महत्या गरेकी ज्योतीका माइतीद्वारा केटापक्ष कृष्ण विरुद्ध मुद्दा दायर

  • , 6.1K जनाले हेर्नुभयो
  • 6.1K
    SHARES

  • प्रेम विवाह असफल भएपछि आत्महत्या गरेकी ज्योतीका माइतीद्वारा केटापक्ष कृष्ण विरुद्ध मुद्दा दायर

    ज्योतिलाई प्रेममा पारेर पाँच महिना यौन शोषण गरेर धोका दिएकै कारण ज्योतिले आत्महत्या गरेको दलित समुदायका अगुवाहरूको निष्कर्ष छ । प्रेम विवाह असफल भएपछि आत्महत्या गरेकी सप्तरीको सुरुङ्गा नगरपालिका ७ पोखरीयाकी १९ वर्षीया ज्योती पासवानका परिवार माइतीपक्षले केटा विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । ज्योतीका बुबा प्रमोद पासवानले ज्योतीलाई विहे गरि लगेका सोही वडा निवासी कृष्ण मिश्र विरुद्ध मंगलबार इलाका प्रहरी कार्यालय कडोरबोनामा आत्महत्या दुरुत्साहन, जातीय छुवाछुत र जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको दलित अगुवाइ दिपेन्द्र पासवानले बताए ।

    जेठ ९ गते घर परिवारलाई त्यागेर घरबाट भागेकी १९ वर्षीया ज्योती कुमारी पासवानलाई पति कृष्ण झाले गेष्ट हाउसमा छोडेर भागेको दुई महिनासम्म पनि फर्केर नआएपछि २३ गते शनिबार घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।सँगै मर्ने र बाच्ने कसम खाएर प्रेम विवाह गरेका ज्योतीलाई पति कृष्णले धोका दिएपछि उनी विक्षिप्त बनेकी थिइन । ज्योतीका बुवा प्रमोद पासवानले आत्महत्या दुरुत्साहन,जातीय भेदभाव तथा कसुर सजाय ऐन २०६८ र जर्बजस्तीकरणी मुद्दामा कारबाही गर्न उजुरी दिएका छन् ।इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्र पासवानले मुद्दा दर्ता गरि कारबाही प्रक्रिया अघि बढाएको बताए । उनले भने, कानून अनुसार कार्यवाही गर्न हामी प्रक्रिया अघि बढाइ सकेका छौं ।

    भागेको झण्डै पाँच महिनापछि गएको असार २ गते सिरहास्थित लहानको पुष्पाञ्जली लजबाट ज्योतिले आमा इनरदेवी पासवानलाई फोन गरेकी थिइन । कृष्णले छाडेर दुई दिनदेखि बेपत्ता भएको र पैसाको अभावले खान समेत समस्या रहेको कुरा ज्योतिले आमालाई फोन गरेर जानकारी गराएपछि सुरुङ्गा नगरपालिकाका उपप्रमुख बिन्दा पासवानका छोरा राजेश पासवान,पत्रकार धर्मेन्द्र पासवान,मानव अधिकारकर्मी दुर्गा परियार र इलाका प्रहरी कार्यालय लहानका दुई जना प्रहरी सहितको टीमले ज्योतीलाई गेष्ट हाउसबाट उद्धार गरेका थिए ।

    इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डाक्टर तपन दहालका अनुसार प्रहरी,मानव अधिकारकर्मी सहितको टोलीले असार २ गते गेष्ट हाउसबाट ज्योतीलाई उद्धार गरि बुबा प्रमोदलाई जिम्मा लगाएको बताए । उनले भने,‘ हामीले जाहेरी लिएर आउन भनेका थियौं,तर उहाँहरु फर्केर आउनु भएन ।’

    ज्योतीलाई गेष्ट हाउसबाट उद्धार गर्न गएकामध्येका एक सुरुङ्गा नगर स्तरीय बाल अधिकार संरक्षण समितिका सदस्य विसेन्द्र पासवानका अनुसार इलका प्रहरी कार्यालयको महिला सेलमा ज्योतीको बयान लिइएको थियो । उमेर कम भएकोले विवाहको प्रमाण हुँदाहुँदै पनि कृष्णको घरमा जिम्मा लगाउन नसक्ने जवाफ प्रहरीले दिएको थियो ।

    घटना पछि ज्योतीका परिवार लगायत दलित समुदायले दोषी कृष्णलगायत उनको परिवारलाई कारबाहीको माग गरेका छन् । ज्योतिलाई प्रेममा पारेर पाँच महिना यौन शोषण गरेर धोका दिएकै कारण तनावमा ज्योतिले आत्महत्या गरेको दलित समुदायका अगुवाहरूको निष्कर्ष छ ।

    सम्बन्धित खवर