भ्रममा नपर्नुहोस् : थाहा नपाएर लुटिनुहोला, रोजगारीका लागि इजरायल यसरी जाने हो!

भ्रममा नपर्नुहोस् : थाहा नपाएर लुटिनुहोला, रोजगारीका लागि इजरायल यसरी जाने हो!

  • , 5.7K जनाले हेर्नुभयो
  • 5.7K
    SHARES

  • भ्रममा नपर्नुहोस् :   थाहा नपाएर लुटिनुहोला, रोजगारीका लागि इजरायल यसरी जाने हो!

    काठमाडौं :नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभागले अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

    विभागले इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा पठाइने कामदार छनौट प्रक्रियाको सम्बन्धमा स्पष्ट पार्नका लागि सूचना  जारी गरेको हो ।

    यस सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै विभागले भनेको छ। ‘नेपाल सरकार र इजरायल सरकारबीच मिति २०७७ असोज १४ गते भएको श्रम सम्झौता तथा इम्प्लिमेन्त प्रोटोकल अनुसार इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा पठाउन तोकेको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट मिति २०७८ साउन १२ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा २१ दिने विज्ञापन प्रकाशन गरेर विभागको वेब पोर्टलमार्फत आवेदनको अनलाइन रजिष्ट्रेशन लिने प्रक्रिया सुरु गरिसकिएको छ ।’

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘इजरायलमा केयरगिभर छनौट गरी पठाउन नेपाल सरकारसँग आफ्नाे सम्झौता भएको छ भनि सामाजिक सञ्जाल प्रयोग गरी आवेदन दिने व्यक्तिहरुलाई प्रलोभनमा पारी भ्रम फैलाई समेत रकम उठाउने कार्य भइरहेको भन्ने समाचारप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।

    स्याहार केन्द्रहरुमा पठाइने कामदारको छनोट प्रक्रियामा कुनै पनि निजी क्षेत्र, म्यानपावर कम्पनी, कन्सलटेन्सी, एजेन्सी एवं व्यक्तिको कुनै प्रकारको भूमिका र संलग्नता रहने छैन ।

    नेपाल सरकार र इजरायल सरकारबीच सम्झौता अनुसार छनौट गरिनेछ । अंग्रेजी भाषाको परीक्षाबाट छनोट भएका मध्येलाई अन्तरवार्तामा बोलाइने छ ।

    अन्तर्वार्ताबाट छनोट भएपछि रोष्टरमा नाम समावेश गरी कामदार छनोटका लागि इजरायल पठाइनेछ । कामदार छनोट प्रक्रिया पूर्ण रुपले निष्पक्ष हुने छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको सम्झौताअनुसार इजरायलका केयरगिभर केन्द्रमा पठाइने नेपाली सहयोगी कामदार छनोटका लागि कुनै पनि व्यक्ति तथा संस्थासँग सम्झौता नभएको तथा अनुमति प्रदान नगरिएकोले यसप्रकारको भ्रमपूर्ण समाचारमा विश्वास नगर्न राहदानी लगायत कुनै पनि कागजात तथा रकम नबुझाउन अनुरोध गरिन्छ ।

    कोही कसैले यस प्रकारको क्रियाकलाप गर्ने प्रयास गरेको पाइए सोको प्रमाण सहित वैदेशिक रोजगार विभाग वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गाउन समेत सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

    सम्बन्धित खवर