‘द भ्वाइस अफ नेपाल– ३’ को उपाधि जिते किरण गजमेरले

‘द भ्वाइस अफ नेपाल– ३’ को उपाधि जिते किरण गजमेरले

  • , 5.4K जनाले हेर्नुभयो
  • 5.4K
    SHARES

  • ‘द भ्वाइस अफ नेपाल– ३’ को उपाधि जिते किरण गजमेरले

    काठमाडौँ : ‘द भ्वाइस अफ नेपाल–३’ को उपाधि विजेता बनेका छन् किरण गजमेर । टिम प्रमोदबाट फाइनल राउन्डमा प्रवेश गरेका उनले दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उपाधि चुमेका हुन् ।यस उपाधिसहित गजमेरले गोल्डेन ट्रफी र नगद रु २५ लाख समेत जितेका छन् । चर्चित रियालिटी शो जितेपछि उनले आफूलाई मन पराएर भोट गर्ने देश–विदेशमा रहेका सबै नेपालीहरुलाई धन्यवाद दिएका छन् ।शनिबार राति सम्पन्न भएको यस संस्करणको फाइनलमा टीम दीपबाट आर्यन तामाङ, टीम तृष्णाबाट ज्वाला राई र टीम राजुबाट तारा श्रीस मगर फाइनलिस्ट बनेका छन् । उनीहरुले भने उपाधि चुम्ने सपना पूरा गर्न सकेनन् ।

    उपाधि विजेता गजमेर भ्वाइस अफ नेपालकै लागि अमेरिकाबाट नेपाल फर्केका थिए । उनी भुटानी शरणार्थी हुन् र अमेरिका पुनर्वासनमा गएका थिए ।

    फाइनल उपाधिका लागि एक सातासम्म एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले भोटिङ गरेका थिए । यसको अघिल्लो संस्करणमा पनि टिम प्रमोदकै प्रतिस्पर्धीले उपाधि चुमेका थिए ।

    सम्बन्धित खवर